अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघको एकता भेला सम्पन्न, बालकृष्ण सिटौलाको संयोजकत्वमा ४१ सदस्यीय सम्मेलन आयोजक समिति गठन

अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघको एकता भेला सम्पन्न, बालकृष्ण सिटौलाको संयोजकत्वमा ४१ सदस्यीय सम्मेलन आयोजक समिति गठन

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको घटक संगठन अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघको एकता भेला सम्पन्न भएको छ । ललितपुरको कुपण्डोलमा सम्पन्न भएको एकता भेलाले बालकृष्ण सिटौला संयोजक र रामशरण तिमिल्सिना सहसंयोजक रहेको ४१ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सहसंयोजक ईश्वर तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको एकता भेलामा महासंघका सहसंयोजकद्वय बसन्त बोगटी, बिनोद थापाको आतिथ्यता रहेको थियो ।

एकता भेलामा प्रमुख अतिथि ईश्वर तिमिल्सिना, अतिथिहरु बसन्त बोगटी र विनोद थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो । बालकृष्ण सिटौलाको अध्यक्षता र रामशरण तिमिल्सिनाको सञ्चालनमा सम्पन्न एकता भेलामा बालकृष्ण सिटौलाले संघको केन्द्रीय नीति र योजना प्रस्तुत गर्नुभएको थियो । व्यापक छलफल पश्चात उक्त नीति योजना एकमतले पारित भएको थियो ।

एकता भेलामा महासंघका सचिवालय सदस्य सुजाता रोक्काले प्यानल प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्यानल प्रस्ताव एकमतले पारित भएको थियो ।