प्रहरी घेराभित्रै काठमाडौंमा गरियो संसदीय व्यवस्थाको पुत्ला दहन (फोटोफिचर)

प्रहरी घेराभित्रै काठमाडौंमा गरियो संसदीय व्यवस्थाको पुत्ला दहन (फोटोफिचर)

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले व्यक्तिको होइन व्यवस्थाकै पुत्ला दहन गरेको छ । घोषित संघर्षका कार्यक्रम अन्तर्गत क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आज काठमाडौंको रत्नपार्क शान्तिबाटिका र असन इन्द्रचोक लगायत देशैभरमा दलाल, भ्रष्ट, राष्ट्रघाती–जनघाती संसदीय व्यवस्थाको पुत्लादहन गरिएको सम्बद्ध स्रोतले जनाएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा प्रदेश तीनका संयोजक अटलको नेतृत्वको टोलीले रत्नपार्क शान्तिबाटिमामा व्यवस्थाका विरुद्ध चर्को नाराबाजीसहित पुत्लादहन गरिएको थियो । रत्नपार्क शान्टिबाटिकाको पुत्लादहनमा प्रहरीले हस्तक्षेप गरेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरु नारा जुलुससहित असन इन्द्रचोकमा पुगेका थिए ।

इन्द्रचोकमा पुत्लादहन कार्यक्रमलाई पार्टीका कार्यालय सदस्य अटलले सम्बोधन गरिरहनु भएको थियो । पुत्लादहन कार्यक्रम विथोल्न व्यापक मात्रामा प्रहरी समेत परिचालन गरिएको थियो । कार्यक्रममा सहभागी सबै नेता कार्यकर्तालाई प्रहरीले घेरा हालेका थिए । तर प्रहरीलाई छक्याउँदै प्रहरी घेराभित्रै ‘संसदीय व्यवस्था–मुर्दावाद’ लेखिएका पुत्ला दहन गरियो ।

पुत्ला दहनलाई सम्बोधन गर्दै नेता अटलले भन्नुभयो, “हिजो भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध संघर्ष गरेका प्रचण्डले भारतीय विस्तारवादी हस्तक्षेप हटाउलान् भन्ने लागेको थियो, उनले सरकारको नेतृत्व सम्हालेपछि भारतीय विस्तारवादी हस्तक्षेपलाई रातो कार्पेट विच्छ्याए । भारतीय दूताबासले आफूखुशी बाँड्ने ५ करोडको बजेटलाई निषेध गर्नुको सट्टा बढाएर एकैपटक २० करोड पु¥याइदिए । यो नेपाली सार्वभौमिकता समाप्त पार्ने गम्भिर षड्यन्त्रबाट निर्देशित छ । यो गम्भिर राष्ट्रघात हो । यसको विरुद्धमा हामीले पुत्लादहन गरेका हौं ।”

उहाँले अगाडि भन्नुभयो, “राष्ट्रिय स्वाधीनताको रक्षा, संघीय जनगणतन्त्रको स्थापना र जनताका जनजीविकाका समस्याहरुको समाधानका लागि यो संसदीय व्यवस्थाको अन्त्य हुन जरुरी छ ।”
बिहीबार देशका अन्य जिल्लाहरुमा पनि संसदीय व्यवस्थाको पुत्ला दहन गरिएको छ ।