क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे वैचारिक स्कुलिङ सुरु

क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे वैचारिक स्कुलिङ सुरु

२३ पुस टिकापुर, कैलाली ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय स्कुल विभागद्वारा प्रदेश नं ६ र ७ (कर्णाली र सुदूरपश्चिम) क्षेत्रमा आवद्ध केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्यहरुका लागि आयोजित केन्द्रीय वैचारिक स्कुलिङ कार्यक्रम कैलालीको टिकापुरमा पुस २३ गतेबाट सुरु भएको छ ! एक हप्तासम्म चल्ने सो स्कुलिङ कार्यक्रमको उदघाटन कार्यक्रम केन्द्रीय स्कुल विभागका प्रमुख क.राजवीरको अध्यक्षतामा केन्द्रीय स्कुल विभागका सचिव क.आमोदको सञ्चालनमा सुरु भएको सो कार्यक्रममा कार्यालय सदस्य एवं प्रशिक्षकहरु क.सुदर्शन,क.दिपक,क.प्रवीर,क.गम्भीर र स्कुल विभागका सदस्य एवं प्रशिक्षक प्रा.डा.ताराकान्त पाण्डेको उपस्थिति रहेको थियो !


उदघाटन कार्यक्रममा मन्तव्य राख्ने क्रममा स्कुल विभागका प्रमुख क.राजवीरले हाम्रो स्कुलिङको पाठ्यक्रम आधारभूत,माध्यमिक र उच्चगरी तीन तहको रहेकोले यो स्कुलिङ उच्च तहको भएको हुँदा ज्ञान लिने मात्रै नभएर मुख्यकुरा बदल्ने हो भन्नेकुरामा हेक्का राख्नुपर्ने बताउनु भयो,भने कार्यालय सदस्य एवं स्कुल विभागका सदस्य क.सुदर्शनले हामी क्रान्तिकारीहरुका स्कुलिङले मालेमावादको आलोकमा उत्पीडित वर्गको उन्मुक्ति सहितको रुपान्तरण खोज्ने अन्वेषकमूलक हुनुपर्ने वताउनु भयो । 

स्वागत मन्तव्यको क्रममा कार्यालय सदस्य तथा प्रदेश–७ का इन्चार्ज एवं प्रशिक्षक क. प्रवीरले हाम्रो स्कुलिङ बुर्जुवाहरुको जस्तो नभएर सिद्धान्त र व्यवहारलाई जोड्ने रुपान्तरणमुखी हुने वताउनुभयो !


पुस २३ देखि २८ गतेसम्म चल्ने दुई प्रदेशमा कार्यक्षेत्र भएका करिव ४८ जना क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य,सचिवालय र सल्लाहकारहरु प्रशिक्षार्थी रहने सो केन्द्रीय स्कुलिङ कार्यक्रममा दर्शनशास्त्र,वैज्ञानिक समाजवाद र राजनीतिक अर्थशास्त्रसँग सम्वन्धित विभिन्न विषयमा क.राजवीर,क.सुदर्शन,क.प्रवीर,क.दिपक,क.भीषण,क.आमोद र क.सञ्जले प्रशिक्षण प्रदान गर्नु हुनेछ !