पौष २० चितवन ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवनले आज चितवनको चौविस कोठीमा ललितपुरको बालकुमारीमा गरिएको हत्याकाण्डको विरोधमा कोणसभा सम्पन्न गरेको छ ।
विरोध सभाको सञ्चालन पार्टीका महाधिवेशन आयोजा समितिका केन्द्रीय सदस्य र चितवन जिल्ला सह—संयोजक दुर्गा सुवेदीलले गर्नु भएको थियो भने सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महाधिवेशन आयोजा समितिका केन्द्रीय सदस्य र चितवन जिल्ला संयोजक विकास सापकोटाले सम्वोधन गर्नु भएको थियो । सम्वोधनको क्रममा उहाँले दुइजना होनहार युवा—सुजन रावत र विरेन्द्र शाहाको सरकारव्दारा गरिएको निर्सम्स हत्याले यो दलाल संसदीय व्यवस्थाको अन्त्यको संकेत गरेको छ भन्नु भयो । सभा मध्यान्ह १२ सुरु गरिएको थियो ।






























