विदाको दिन चलाएको सभामुखको सचिवालयको गाडी क्रान्तिकारी युवाहरुको नियन्त्रणमा

विदाको दिन चलाएको सभामुखको सचिवालयको गाडी क्रान्तिकारी युवाहरुको नियन्त्रणमा

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको युवा संगठन क्रान्तिकारी युवा संगठनका नेता कार्यकर्ताहरुले विदाको दिन चलाएको भन्दै सभामुख देवराज घिमिरेको सचिवालयको गाडी नियन्त्रणमा लिएका छन् ।

पुरानो बानेश्वरमा सभामुख सचिवालयको ००२ झ ६६७१ नम्बरको गाडी क्रान्तिकारी युवा संगठनका नेता कार्यकर्ताले सरकारी सवारी साधनको दुरुपयोग गरेको भन्दै नियन्त्रणमा लिएका हुन् ।

युवा संगठनका नेताहरुले सार्वजनिक विदाको दिन गाडी चलाएकाले नियन्त्रणमा लिनु परेको बताएका छन् । सार्वजनिक विदाको दिन चलाउन त्यो गाडीसँग पास नभएकाले नियन्त्रणमा लिएर छोडेको नेताहरुले जानकारी दिए ।