पुस १४, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता महाधिवेशन आयोजक समिति सदस्य तथा केन्द्रीय सूचना, सञ्चार तथा प्रकाशन समितिका सदस्य आशिष कुमार चौधरीका बाजे छेदाराम डगौंराको निधनमा सूचना, सञ्चार तथा प्रकाशन समितिका संयोजक हुकुमबहादुर सिंहद्वारा श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।
छेदाराम डगौंराको जन्म वि.सं. २०१० माघ १६ गते भएको थियो भने उहाँको निधन यही २०८० पौष १२ गते बिहान ५:५७ बजे सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीमा उपचारको क्रममा भएको थियो ।
धनगढी उपमहानगरपालिका वडा नं. १९ फुलबारी, कैलालीमा बस्दै आउनु भएका छेदाराम डगौंराको पुस १० गते घरमै लडेर टाउकोमा चोट लागेको थियो र सिटीस्क्यान गर्दा दिमागको नसामा रगत जमेको र किड्नी फेल भएको रिपोर्टमा देखिएको थियो । सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीमा उपचारको क्रममा उहाँको निधन भएको हो ।
छेदाराम डगौंराको २ छोरा (अर्जुन डगौंरा र वीरबहादुर चौधरी) र ४ छोरी छन् । घरपरिवारका सबै सदस्यहरु कम्युनिस्ट विचारधारामा आवद्ध र समर्थक हुनुहुन्छ ।