१३१औ माओ दिवसका सन्दर्भमा

१३१औ माओ दिवसका सन्दर्भमा

 

 

यही पौष १० गते तदनुसार डिसेम्वर २६का दिन विश्व सर्वहारावर्गका महान नेता तथा माओवादका प्रवर्तक कमरेड माओत्सेतुङको १३१औं माओ दिवस विश्व र नेपालमा पनि उहाँका महान योगदानहरुको संस्मरण गर्दै मनाइदैछ ।
यही सन्दर्भमा यहाँ यस लेखमा वैज्ञानिक समाजवादमा माक्र्सले गरेको आविष्कार र त्यसमा माओले गरेको विकासवारे संक्षिप्तमा चर्चा गरिएको छ ।
वैज्ञानिक समाजवाद माक्र्सले गरेको आविष्कार नै हो । तर यसको आविष्कारका पछाडि केही दार्शिनिकहरुले महत्वपूर्ण पुर्वाधारहरुको विकास गरेका थिए जसलाई काल्पनिक समाजवादी भनिन्छ भने माक्र्सको देहान्तपछि एङगेल्स, लेनिन, स्तालिन र माओले त्यसलाई व्यवहारको कसीमा उतार्न र विकासमा महत्वपूर्ण भूमिका रहेको छ । खासगरी लेनिन र माओको महत्वपूर्ण योगदान रहेको छ ।
माओले माक्र्सवादका तीनवटा सङ्घटक अङ्गहरु मध्येको एउटा अङ्ग वैज्ञानिक समाजवादमा के कस्ता विकास गर्नु भएको थियो त ? यसवारे लेख्नुभन्दा पहिले संक्षिप्तमा वैज्ञानिक समाजवादवारे माक्र्सवादका आधारभूत मान्यताहरुवारे संक्षिप्तमा चार्चा गरौ ।
माक्र्सले भन्नु भएको छ“समाजमा वर्गहरु रहन्छन भन्ने कुरा पत्ता लगाएको मैले होइन,…..मैले नयाँ जे भने यो प्रमाणित गर्नका लागि थियो कि (१) वर्गको अस्तित्व उत्पादनको विकास प्रक्रियाको खास ऐतिहासिक अवस्थामा मात्र रहन्छ, कि (२)वर्गसङ्घर्ष अनिवाय रुपले सर्वहारा अधिनायकत्वको रुपमा व्यक्त हन्छ , कि (३) त्यो अधिनायकत्व वर्गहरुको उन्मूलन र वर्गविहीन समाजको सङक्रमणकालीन अवधिसम्ममात्र कायमरहन्छ ।”
यसबाट भन्न सकिन्छ कि समाजवाद स्थायी व्यवस्था होइन, यो पुँजीवाद र साम्यवादका बीचको सङक्रमणकालीन राजनीतिक व्यवस्था हो ।
संक्षिप्तमा वैज्ञानिक समाजवाद भनेको सर्वहारा वर्गको नेतृत्व र अधिनायकत्वका रुपमा व्यक्त हुने र वर्गयुक्त पुँजीवादी समाजलाई वर्गविहीन तथा राज्यविहीन साम्यवादी समाजमा रुपान्तरण गर्न सुँडिनीको भूमिका खेल्ने एउटा सङक्रमणकालीन राजनीतिक व्यवस्था हो । पुँजीवाद र साम्यवादलाई जोडने काम वैज्ञानिक समाजवादले गर्दछ ।
वैज्ञानिक समाजवादको पहिलो आधिकारीक दस्तावेज १८४८मा कम्युनिस्ट लिगद्धारा पारित र प्रकाशित कम्युनिस्ट घोषणापत्र हो ।

वैज्ञानिक समाजवाद भनेको सारमा सर्वहारावर्गीय दर्शन विचारधारा, अर्थशास्त्र र संस्कृतिका साथै वर्गसंघर्ष र सर्वहारावर्गको अधिनायकत्व हो । कम्युनिस्ट घोषणापत्रको अन्त्यमा भनिएको छ: “कम्युनिस्टहरु आफ्नो विचार लुकाउँदैनन । सारा विद्यमान समाज व्यवस्थालाई बलपूर्वक समाप्त पारेर मात्र उनीहरुको लक्ष्य प्राप्त गर्न सकीनेछ भनेर उनीहरु खुल्लमखुल्ला घोषणा गर्छन् । शासकवर्गहरुलाई कम्युनिस्ट क्रान्तिको डरले थर्कमान हुन दिऔं । सर्वहाराहरुसित आफ्नो सिक्रीबाहेक गुम्ने भन्ने कुरो केही पनि छैन्, जित्नका लागि उनीहरुका सामु सारा संसार छ । ”
वैज्ञानिक समाजवादको स्थापनाका सन्दर्भमा माक्र्स र एङ्गेल्सले निकालेका केही महत्वपूर्ण निचोडहरु : र्
१. वैज्ञानिक समाजवादको स्थापनाका लागि समाजमा बाहिर नआएका वर्ग अन्तरविरोधहरू र वर्ग सङ्घर्षहरूमा वास्तविक रूपले आधारित हुनु आवश्यक छ ।
२. वैज्ञानिक समाजवादलाई वर्गसङ्घर्षको माक्र्सवादी सिद्धान्तको ठोस आधारमा स्थापित गर्नु पर्छ । वर्गसङ्घर्षको माक्र्सवादी सिद्धान्तको अत्यावश्यक फरक यो हो कि यसले (वर्गसङघर्षले) क्रान्तिलाई समाजवाद र साम्यवादतर्फ अनिवार्यत लैजान्छ ।
३. माक्र्सले खासगरी वर्तमानको सर्वहारा र पुँजीपतिबीचको सङघर्षको विश्लेषण गरे र देखाउनु भयो कि कसरी यो वर्गसङ्घर्षले मजदुरद्धारा क्रान्तितर्फ अनिवार्यरूपले लैजाने छ र सर्वहारा वर्गको अधिनायकत्व, त्यो भनेको समाजवादको स्थापना गर्ने छ । यसरी वैज्ञानिक समाजवाद स्थापनासँग सर्वहारा वर्गको अधिनायकत्व अलग्याउन मिल्दैन, सकिदैन ।
४. माक्र्सले देखाउनु भयो कि यो सर्वहारा वर्गको अधिनायकत्व आफैमा संक्रमणको एउटा अवधि होे । सर्वहाराले एउटा वर्गका रूपमा आफैलाई र सवै वर्गहरूलाई ध्वस्त पारेर एउटा वर्ग विहिन समाज जसलाई साम्यवाद भनिन्छ, को स्थापना गर्दै विकास गर्न सक्ने छ ।
५. वर्गसङघर्षको यो नै माक्र्सवादी सिद्धान्त हो जसले समाजवादलाई विज्ञानमा बदलि दियो, जसले वैज्ञानिक समाजवादको आधार बसाल्यो । यसले गर्दा समाजवाद लामो समयसम्म केही चलाख दिमागको उपजको रूपमा हेरिएन् बरू यो सर्वहारा र पुँजीपति –यी दुई ऐतिहासिक रूपले विकसित वर्गहरूबीच सङघर्षको अत्यावश्यक उपलब्धी भयो ।
वैज्ञाकि समाजवादको विकासमा माओको योगदान
अर्ध सामन्ती तथा अर्धऔपनीवेशिक(नव औपनिवेशिक)देशहरुमा सर्वहारावर्गको नेतृत्वमा सम्पन्न गरिने सामन्तवाद र साम्राज्यवाद विरोधी क्रान्तिको नाम नै नयाँ जनवादी क्रान्ति हो । यो क्रान्ति पछि आउने व्यवस्था नै नयाँ जनवादी व्यवस्था हो ।
माओले उत्पादक शक्तिको विकासलाई रोक्ने प्रतिक्रियावादी वर्गको रुपमा जमिन्दार वर्गका सबै दलाल तथा नोकरशाहा पुँजीपति वर्गको जन्म भएको विश्लेषण गर्नु भएको छ ।
माओले सोभियत अर्थशास्त्रको उहाँको आलोचनामा उद्योग र कृषिलाई संगसंगै एकैसाथ प्रवद्र्धनका लागि आव्हान गरेको पाइन्छ । उद्योगभित्र उहाँले एकै समयमा ठूला र साना उद्योगको विकासका लागि आव्हान गर्नु भयो ।
माओले रसियन अनुभवमा देखिएका निम्न प्रमुख त्रुटीहरूलाई यसरी औल्याउनु भएको थियो :
१. उत्पादन सम्वन्धहरू र उत्पादित शक्तिहरूबीचका अन्तरविरोधहरूलाई महत्व नदिनु
यो लामो समयसम्म लगातार रहेका स्वामित्वका दुई प्रकारको सहअस्तित्व–एकातिर सबै जनताको स्वमित्व, जो राष्ट्रियकरण गरिएका उद्योगहरू र राज्य नियन्त्रित फर्महरूमा प्रतिनिधित्व गरेका थिए र अर्कोतिर सामूहिकताहरूद्धारा भएको स्वामित्वमा देखिएका थिए । माओले अनुभूति गर्नु भयो कि समग्र जनताद्धारा स्वामित्वको दृघकालिन सहअस्तित्वसित सामूहिकताहरूद्धारा भएको स्वामित्वले उत्पादित शक्तिहरूको विकासलाई कमभन्दा कम अनुकुलयोग्य हुनु वाध्यात्मक थियो । आवश्यक सामूहिकबाट सार्वजनिक स्वामित्वमा सक्रमण गराउने एउटा मार्ग पत्ता लगाउनु थियो ।
२. समाजवादी निर्माणका दौरानमा मास–लाइनलाई महत्व नदिनु ।
माओले देखाउनु भयो कि सुरूका अवधिमा मास लाइनलाई लागु गरियो तर त्यसपछि, सोवियत पार्टी मासमाथि कम निर्भर हुँदै गयो । यहाँ यो चीजलाई जोड दिएको थियो कि प्रविधि र प्राविधिक कार्यकतालार्ई राजनीति र मासेसभन्दा बढता महत्व दिइएको थियो ।
३. वर्ग संघर्षलाई इन्कार गर्नु ।
सामूहिकिकरणको प्रक्रियापछि वर्ग संघर्षको निरन्तरतालाई महत्व दिइएन् ।
४. ठूला उद्योग एकातिर र साना (हल्का)उद्योग र कृषि अर्कातीर बीचको सम्वन्धमा असन्तुलन हुनु ।
५. किसानहरूको अविश्वास ।
माओले किसानहरूलाई आवश्यक महत्व नदिने रसियन नितिको आलोचना गर्नु भयो ।
रसियन अनुभवबाट यी पाठहरू खिच्नुको अलवा उहाँले चीनीयाँ अनुभवबाट सिक्दै उहाँले यसरी समाजवादी निर्माणको माक्र्सवादी सिद्धान्तको विकास गर्ने एउटा प्रयास गर्नु भयो ।
चीनमा नयाँ जनवादी आर्थिक कार्यक्रमको कार्यान्वयन क्रान्तिको राष्ट्रव्यापी विजयभन्दा पहिले समेत सुरू गरिएको थियो । लाल सेना र चीनीयाँ क्रान्तिपछि लगत्तै १९४७मा रणानीतिक प्रत्याक्रमण सुरू भयो, माओले नयाँ जनवादी क्रान्तिका तीन प्रमुख आर्थिक नीतिहरू घोषणा गर्नु भयो यीनीहरू (१) सामन्त वर्गको जमिन जफत गर्ने र यसको किसानबीचमा वितरण, (२) दलाल पुँजीपतिको पुँजीको जफत र (३) राष्ट्रिय पुँजीपतिको उद्योग र वाणिज्यलाई संरक्षण थिए ।
यी नीतिहरू क्रान्तिकारी नियन्त्रण अन्तरगत रहेका उत्तरी चीनका विशाल क्षेत्रहरूमा कार्यान्वयनका लागि तुरून्तै लागु गरियो र १९५०को मध्यतीर कृषि सुधार पुरा गरियो । साथसाथै कृषि सुधार कार्यक्रम देशका वाँकी भागहरूमा पुरा गरियो ।
जनरल लाइन र पाइला–पाइला सामूहिकीकरण:
१९५१मा, पार्टीले पुँजीवादबाट समाजवाद संक्रमणको अवधिका लागि समाजवादी निर्माणका लागि जनरल लाइनका रूपमा नाम राखिएको कार्यक्रम लागु गर्‍यो । यो अवधिका लागि निर्धारण गरिएको आधारभूत लक्ष्य कृषि, हयान्डीक्राफ्ट, र पुँजीवादी उद्योग र वाणिज्यको औधोगिकिकरणलाई पुरा गर्नु थियो । यो प्रक्रिया पुरा गर्नलाई लक्ष्य १८वर्षहरूसेट गरिएको थियो । यसलाई गृह युद्धबाट भएको क्षेती र विनासबाट पुन प्राप्तीका लागि पुनस्र्थापनाको तिन वर्षहरूमा विभाजित गरियो साथै अर्थतन्त्रको योजनावद्ध विकासका लागि १५ वर्षमा पुरा गर्ने तेस्रो पञ्च वर्षिय योजना लागु गरियो ।
यो जनरल लाइन अनुसार, एउटा ‘स्टेप–बाई– स्टेप’ योजना कृषिको समाजवादी रूपान्तरणका लागि खिचएको थियो । पहिलो स्टेप किसानहरूलाई कृषि उत्पादकहरूको एक आपसमा सहयोग गर्ने टिमहरू जसमा केहि दर्जन अथवा बढता प्रत्येक घरधुरीहरू । यी टिमहरूमा टिमका सदस्यहरूबीच समाजवादका केहि मात्रै आधारभूत तत्वहरू जस्तै सहयोग र साझेदारी थिए । दोस्रो स्टेप यी म्यूच्युल सहयोगी टिमहरूका आधारमा किसानहरूलाई साना कृषि उत्पादनहरू सहकारीहरू संगठित गर्न आव्हान गर्नु थियो । यी सहकारीहरू प््रकृतिमा अर्ध समाजवादी थिए र एकतावद्ध व्यवस्थाद्धारा र शेयरहरूको रूपमा जमिनको वापसीका विशेषताहरु थिए । अनि तेस्रो पाइला किसानलाई यी साना अर्ध–समाजवादी सहकारीहरूको आधारमा अरूबढी जोडिने र ठूला पूर्ण समाजवादी कृषि उत्पादकहरूको सहकारीहरू संगठित गर्ने । यो आधारभूत पाइला–पाइला योजनाको निहित आधारभूत सिद्धान्त स्वयमसेवी रहभागीता र पारस्परिक फाइदा थिए । किसानहरू सामूहिकीकरणको प्रक्रियामा स्वयमसेवी सहभागीतलाई स्वीकृत गरिनु पर्ने थियो ।
पारस्परिक सहयोगी टिमहरूको पहिलो पाइला क्रान्तिकारी आधारहरूमा सुरू गरिएको थियो । क्रान्तिको राष्ट्रव्यापी विजय भन्दा पहिलेसमेत थियो । दोस्रो पाइला प्राथमिक सहकारीहरूतर्फ १९५३–५५मा लियो । विकसित सहकारीतर्फको संक्रमणको तेस्रो पाइला १९५६मा आयो । ग्रामिण क्षेत्रमा समाजवादी रूपान्तरणको एउटा शव्दीक उछाल थियो । साथसाथै, १९५६को सुरू महिनाहरूमा, एउटा सोहीसित मिल्दो आन्दोलनले तीव्रताकासाथ अगाडि बढयो र व्यापारको राष्ट्रियकरणको प्रक्रिया पुरा गर्‍यो । यसरी चीनको उद्योग र व्यापार तालिकाको धेरै पहिले नीजी स्वामित्वबाट समग्र जनताको स्वामित्व हस्तान्तरण गरियो ।
समाजवादी निर्माणको प्रक्रियालाई माओको द्धन्द्धात्मक पद्धति :
जनरल लाइन आधारभूत रूपमा समाजवादी निर्माणको सोभियत मोडलमाथि भरपर्दो थियो । १९५३–५७को पहिलो पञ्च वर्षीय योजनाको केन्द्रीय दिशा उद्योगमाथि खासगरी ठूला उद्योगमाथिको जोड थियो । अझ बढता सबै सोभियत नीतीहरू आलोचना वीना लागु गर्ने एउटा प्रवृति थियो । सोभियत संघमा आधुनिक संशोधावादको उदयसित (खासगरी फरवरी १९५६मा सिपिएसयुको बिसौ कंग्रेसपछि), सिपिसिमा संशोधनवादी प्रवृतिहरू तुरून्तै बलिया देखिए । १९५६मा ‘ हतार विकासलाई विरोध’लाई एउटा अभियान पार्टीभित्राट सुरू गरियो – त्यो भनेको समाजवादीकरणको प्रक्रिया रोक्नु थियो । सोही समयमा उत्पादीत शक्तिहरूको संशोधनवादी सिद्धान्तले जसको प्रमुख प्रतिनिधि पार्टी महासचिव, ल्यु साओ–ची थिए पार्टीभित्र आरोहण प्राप्त गर्‍यो । यो प्रवृतिको प्रतिनिधिले ख्रुश्चेभवादी झण्डालाई उचाल्यो, वर्ग संघर्षलाई निषेध गर्‍यो र आधुनिक उत्पादीत शक्तिहरू, खासगरी ठूला उद्योगहरूमार्फत निर्माण गर्नेमा ध्यान केन्द्रीत गर्‍यो । उनीहरूको तर्क के थियो भने उत्पादित शक्तिहरू परिवर्तनका प्रमुख चालक हुन् र चीनमा उत्पादीत शक्तिहरूको पृष्ठभूमि यो थियो, जुन देशको विकासलाई पछाडि धकेल्ने एउटा प्रमुख कारक तत्व थियो । उत्पादन सम्वन्धमा हुने परिवर्तनहरूले त्यो समयसम्म पर्खनु पर्दछ जुन वेलासम्म उत्पादित शक्तिहरू काफिमात्रमा विकसित भइरकेका थिएनन् । कृषिको सहकारिकरणले त्यसवेलासम्म पर्खनु पर्दछ जुन वेलासम्म उद्योगहरूले ग्रामीण मेशिनीकरणका लागि मशिनरी प्रदान गर्दैनथियो । सबै यी प्रस्तावहरूले उत्पादन सम्वन्धहरू र वर्ग संघर्षको महत्वलाई निषेध गर्दथे । यसले संशोधनवादी र नोकरशाही प्रवृतिको वृद्धिलाई अगाडि लैजाने काम गर्दछ ।
सोभियत अनुभव देखेर र संशोधनवादी खतरा महसुस गरेर माओले तुरून्तै यी प्रवृतिहरूलाई हराउन एउटा संघर्ष सुरू गर्नु भयो, जसले त्यो समयमा पार्टीलाई नियन्त्रण गरेको थियो । माओको यो संघर्षमा पहिलो पाइला १९५६ अप्रिलको उहाँको भाषण दश प्रमुख सम्वन्धहरूबारे थियो । उहाँको भाषणमा, माओले पहिलो पटक समाजवादी आर्थिक निर्माणको सोभियत तरिकाको एउटा स्पष्ट आलोचना गर्नु भयो । एकातिर ठूला उद्योगहरू र अर्कोतीर साना उद्योगहरूबीचको सम्वन्धलाई लिएर, माओले जोड दिनु भएको थियो कि “हामीले सोभियत संघ र पूर्वी युरोपका केहि अन्य देशहरूले भन्दा राम्रो गरेका छौ । उनीहरूको ठूला उद्योगहरूलाई एकतर्फी रुपमा जोड दिएर कृषि र साना उद्योगहरूलाई निषेध गर्नेको परिणाम बजारमा सामानहरूको अप्रयाप्तता र एउटा अस्थिर मुद्रा हुनु भयो ।” त्यसैगरी उहाँले “किसानहरूलाई खुमच्याउदै एक दमै कठिनमा लैजाने” सोभियत नीतिको आलोचना गर्नु भयोे । उहाँले सिपिसिभित्रका कठमूल्लावादीहरू, जसले सोभियत संघ र अन्य समाजवादी देशहरूका अनुभवबाट सिक्ने क्रममा “भेदभाव नगरी प्रत्येक चीजलाई नक्कल गर्ने र यान्त्रीक रूपले प्रत्यारोपन गर्ने” माथि आक्रमण पनि गर्नु भयो। उहाँले तीनीहरूको पनि आलोचना गर्नु भयो जसले स्तानिमाथि अन्धाधुन्ध आलोचनामा ख्रुश्चेभको उदाहरणलाई अनुसरण गर्दथे । माओले स्तानिलाई ७० प्रतिशत उपलब्धी भएका एउटा महान माक्र्सवादीको रूपमा उचा उठाउनु भयो । यसरी सोभियत संशोधनवादीहरूको आलोचना र सोभियत समाजवादी निर्माणमा भएका कमजोरीहरूको यो अनुभवमार्फत, माओले सिपिसिभित्रका उत्पादन शक्तिहरूको त्यसवेला प्रभावित संशोधनवादी लाइनका विरूद्ध संघर्षको नेतृत्व गर्नु भयो ।
यद्धपि माओको भाषणको सबैभन्दा ठूलो उपलब्धी समाजवादी निर्माण र समाजवादी योजनाको प्रक्रियाको बुझाइको यसको प्रमुख विकास थियो । दश प्रमुख सम्वन्धहरूको रूपमा समाजवादी निर्माणको समस्याहरू प्रस्तुत गरेर, माओले समाजवादी समाज निर्माणको प्रक्रियाको केन्द्रमा द्धन्द्धवाद र अन्तरविरोधहरूलाई ल्याइदिनु भयो । उहाँले देखाउनु भयो कि कसरी समाजवादी निर्माणले केबल लक्ष्यहरूका यान्त्रिक कार्यान्वयनको उत्पादन र वितरण मात्रै संलग्न गर्दैन्, बरू प्रक्रियामा प्रमुख अन्तरविरोधहरू र समाजवाद प्राप्तीका लागि सबै सकारात्मक शक्तिहरूको परिचालनको एउटा द्धन्द्धवादी बुझाइ पनि संलग्न गर्दछ । यसरी उहाँले भन्नु भयो , “यो भनेको एउटा आधारभूत नीतिमाथि केन्द्रीत गर्ने हो, सबै सकारात्मक शक्तिहरू आन्तरिक र बाह्य, समाजवादको हितलाई सेवागर्नका लागि परिचालनको आधारभूत नीति हो । यी दश सम्वन्धहरू सबै अन्तरविरोधहरू छन् । विश्वले अन्तरविरोधहरू समावेश गर्दछ । अन्तरविरोधहरूविना विश्वको अस्तित्व नै रहदैन् । हाम्रो काम यी अन्तरविरोधहरूलाई ठिकसित चलाउने हो ।”
माओले यसवारे अर्को सालको उहाँको काम जनताको बीच अन्तरविरोधहरूको सही सञ्चालनबारेमा उल्लेख गर्नु भएको छ् । यसमा उहाँले समाजवादी निर्माणको प्रक्रियाको द्धन्द्धात्मक बुझाइको विकासलाई निरन्तरता दिनु भयो । प्राथमिकरूपमा उहाँले वर्ग संघर्षलाई प्रक्रियाको एक दमै केन्द्रीय भागमा राख्नु भयो । उहाँले जोड दिनु भयो कि “ वर्ग संघर्ष कुनै पनि तरिकाले अन्त्य भएको छैन् , जसको प्रश्न वीन वीन हुनेछ, समाजवाद वा पुँजीवाद, वास्तविकरूपले अझै समाधान भएको छैन् ।” यसरी उहाँले पार्टीमा संशोधनवादी पक्षहरूका विरूद्ध संघर्षको सुरूवात गर्नु भयो जसले समाजवाद अन्तरगत वर्ग संघर्ष लामो समयसम्म अतित्वमा रहदैन् भनिरहेका थिए ।
यसले देशभर एउटा सुद्धिकरण आन्दोलन, संशोधनवाद विरोधी आन्दोलनको सुरूवातको सन्देश दियो । यो अवधिका दौरान धेरै उच्चस्तरिए कार्यकर्ताले जनताका अगाडि उभिएर उनीहरूको आफ्नो आत्मआलोचना गर्नु पर्ने थियो । लाखौ विद्यार्थीहरूले आफूलाई मजदुरहरू र किसानहरूसित एकाकार हुनका लागि शारिरिक श्रममा लगाए, सबै पार्टी क्याडरहरूले कारखानाहरूमा र कृषि सहकारीहरूमा शारिरिक श्रममा भाग लिनु पर्‍यो, उनीहरूका कारखानाहरूमा निर्णय गर्ने काममा सहभागी हुन थाले, र किसानहरूबीचमा एउटा समाजवादी शिक्षा अभियान सुरू गरियो । यो प्रक्रियामार्फत पार्टीलाई जनताको नजिकमा ल्याइयो र बढिरहेका दक्षिणपन्थी प्रवृतिहरू, पार्टीभित्र र बाहिर दुवैतीर जाच गरियो ।
महान् अग्रगामी छलांग र जनताका कम्युनहरूको जन्म
सुद्धिकरण आन्दोलनको प्रगतिसितै, पार्टीभित्रका दक्षिणपन्थीहरूलाई रक्षात्मक स्थितिमा फयाकियो । यसले १९५८मा, १९५६मा आठौ पार्टी कंग्रेसलाई प्रभावित पारेको विशालु उत्पादित शक्तिहरूको सुद्धिकरणलाई अगाडि बढाउने नेतृत्व गर्‍यो । यो सिद्धान्तका प्रमुख सञ्चालक, ल्यु शाओ–चिलाई मे १९५८मा गरिएको आठौ पार्टी कंग्रेसको दोस्रो शेसनको अगाडि स्विकार गर्न बाध्य पारियो कि एउटा समाजवादी समाजको निर्माणको पूर्णताभन्दा पहिलेको अवधिभरी, प्रमुख अन्तरविरोध सर्वहारा र पुँजीपतिबीचमा थियो, समाजवादी बाटो र पुँजीवादी बाटोबीच थियो । उनको प्रतिवेदनले महान अग्रगामी छलांग, जुनसुरू भइ सकेको थियो, को बारेमा पनि वर्णन गरेको थियो । समाजवादी निर्माणमा प्रत्येक मोर्चामाथि प्रमुख विकास भइसकेको थियो । उद्योग, कृषि र अन्य सबै फिल्डका कृयाकलापहरूको प्रगति एकदमै ठुलो र ज्यादा तीब्र बृद्धि थियो ।
तीव्र वृद्धिको अलवा यद्धपि, जनरल लाइन र पहिलेको योजनाहरूका प्राथमिकतामा एउटा प्रमुख परिवर्तन महान् अग्रगामी छलांग थियो । महान् अग्रगामी छलांगको जनरल लाइन् नोभेम्वर १९५७को अन्त्यमा केन्द्रीय समितिको बैठकमा लिइएको थियो । यसले ठूला उद्योगमाथि दिइएको जोडलाई परिवर्तन गर्‍यो र कृषि, ठूला र साना उद्योगको विकासलाई संगसंगै लैजाने लक्ष्य थियो । यसले शहर र गाउँ बीचको खाडल कमगर्ने लक्ष्य थियो, मजदुर र किसान बीच, र एकातिर मजदुर र किसान बीच र अर्कोतीर बुद्धिजीवी र म्यानेजरबीच । यसले केबल एउटा आर्थिक क्रान्तिलाई मात्रै लक्षीत थिएन् बरू शहर र गाउँलाई रूपान्तरण गर्न एउटा प्राविधिक, राजनीतिक सामाजिक र सांस्कृतिक क्रान्ति लक्षित थियो ।
१९५८मा जनताको कम्युन–जन कम्युन निर्माण सुरू भयो । यो प्रक्रिया पहिले स्वस्फूर्त रूपले सुरू भयो जब सुख्खाले असर गरेका छिमेकि किसान संगटनहरूले एउटा सिंचाई परियाजना कार्यान्वयनका लागि उनीहरूको लेवर र अन्य स्रोतहरू एक ठाउँमा ल्याएर मर्ज गर्ने योजना तयार बनाए । तिनीहरूको मर्जरलाई माओले कम्युनको नाम दिनु भयो । माओले यस्ता सगंठीत संगठनलाई प्रोत्साहन दिनु भयो र यसले देशभरी कम्युनहरूका एउटा तीव्र फैलावटलाई अगाडि बढायो । ठूला स्तरका आयोजनाहरू जस्तै बाढ नियन्त्रण, पानीको संरक्षण, वृक्षरोपण, मतस्यपालन र यातायातको जिम्मेवारी लिन छिमेकी सहकारीहरू मर्जर गरेर तिनीहरू संगठित गरिए । यसको साथै, घेरै कम्युनहरूले ट्रयाक्टरहरू, रसायनिक मल खादहरू, र उत्पादनका अन्य साधनहरू बनाउनका लागि उनहिरूको आफ्नै कारखानाहरू स्थापना गरे । जन कम्युनहरूको स्थापना गर्ने आन्दोलन एक दमै तीव्रताका साथ वृद्धि हुदै गयो । सिसि र सिपिसिले १९५८ डिसेम्वरको यसको प्रशिद्ध उहान प्रस्तावमा घोषणा गर्‍यो कि “१९५८को ग्रीष्ममा सुरूको कहि महिनाभित्र, सात लाख चारिस हजारभन्दा ज्यादा देश सबै क्षेत्रमा रहेका कृषि उत्पादक सहकारीहरूले, किसानको जनताको हौसलापूर्ण मागलाई सम्वोधनमा, आफूलाई छविसहजार जन कम्युनहरूमा पुनर्सठगित गरे । एक सय विस लाख घरधूरीहरू, अथवा विभिन्न नेष्नलिटीहरूका सबै चीनका किसान घरधुरीहरूको ९९ प्रतिशतभन्दा बढीले, जन कम्युन ज्वाइन गरे ।” राजनीतिक महत्वलाई सारम्सकृत गर्दै, सिसिले यो भन्यो: –“ उद्योग, कृषि, व्यापार, शिक्षा, र सैनिक कार्यहरूलाई एक आपसमा मिलाउदै जानेमा जन कम्युन हाम्रो देशको समाजवादी सामाजिक संरचनाको आधारभूत एकाई हो; सोही समयमा यो समाजवादी राज्य शक्तिको आधारभूत संगठन हो । माक्र्सवादी लेनिनवादी सिद्धान्त र हाम्रो देशमा जन कम्युनको सुरू अनुभवले अहिले हामीलाई पूर्वानुमान गर्नलाई समर्थ बनाएको छ कि जन कम्युनहरूले हाम्रो समाजवादी निर्माणको गतिलाई छिटो लैजाने छन र महसुश गर्नका लागि हाम्रो देशमा, निम्न दुई सक्रमणहरूका लागि सबैभन्दा राम्रो आकार दिने छन ।
”पहिलो, ग्रामीण क्षेत्रमा सामूहिक स्वामित्वबाट समग्र जनताको स्वामित्वतर्फ सक्रमण; र, दोस्रो, समाजवादीबाट साम्यवादी समाजतर्फको संक्रमण । यसलाई पूवानुमान गर्न पनि सकिन्छ कि भावी कम्युनिष्ट समाजमा, जनकम्युन हाम्रो सामाजिक संरचनाको आधारभूत एकाई रहने छ । ”
यसरी कम्युन आन्दोलनले एउटा जबरजस्त पहलकोे प्रतिनिधित्व गर्दछ जसले आधारभूत रूपले कृषिको सामूहिकीकरणको प्रक्रिया पुरागरेको थियो । यद्धपि कम्युनको आकांक्षा पूर्ण पव्लीक स्वामित्वलाई सक्रमणको प्रक्रिया अगाडि लैजान चाहन्थे र कम्युनिज्मले त्यो स्तरसम्म पुरा गर्न सक्दैनथ्यो । साथै शहरी कम्युनहरू स्थापना गर्ने प्रयासहरूलाई एकत्रित गर्न सकिएन ।
महान छलांग अवधिमा कम्युन आन्दोलनको पहिलेको अवधिमा, केहि ‘वाम’ गल्तीहरू थिए । माओले फरवरी १९५९मा दिएको भाषणमा यसलाई ‘कम्युनिष्ट हावा’ भन्नु भएको थियाृे ।यी ‘वाम’ गल्तीहरू, जसलाई माओले पत्ता लगाउनु भएको थियो, प्रमुख रूपले तीन प्रकारका थिए । पहिलो समग्र कम्युनलाई एउटा एकाउन्टींग एकाइभित्र राखेर कम्युन भित्र गरीब र धनी व्रीगेडहरूको एउटै स्तरिकरण थियो । यसको अर्थ यो थियो कि धनी व्रीगेडहरू(पहिलाका विकसित सहकारी)का किसान सदस्यहरूको शेयर कम्युन गठनपछि तिनीहरूले पाउने शेयरभन्दा सानो हुनेछ । तिनीहरूले यसप्रकार कम्युनको गठनको तीब्र विरोध गर्ने छन् र तिनीहरूको सहभागिता स्वयमसेवी रहने छैन् । दोस्रो गल्ती यो थियो कि कम्युनद्धारा जम्मा गरिने पुँजी अति ठूलो थियो र कम्युनको कम्पेन्सेसनविना लेवरका लागि कम्युनको माग अति ठूलो थियो । जब ठूलो रकमहरू पुँजी जम्माका लागि एकातिर राखिन्छ शेयर जुन किसानले पाउछन् सानो पाउछन् । त्यसैगरी कम्पेन्सेसनविनाको ज्यादा लेवर तवमात्र आउन सक्छ जहाँ चेतना त्यो स्तरसम्म उठिसकेको हुन्छ । तेस्रो गल्ती सबै प्रकारका ‘सम्पत्ति’को ‘कम्युकिकिकरण’थियो । केही क्षेत्रहरूमा किसानका ससाना सम्पत्ति जस्तै कुखुरा र सुगुरहरू कम्युन अन्तरगत ल्याउने काम गरियो । यसको पनि विरोध गरियो ।
यी गल्तहिरूलाई छिटै सच्याइए । उत्पादन व्रीगेड(पहिलेका विकसित सहकारी), लाई आधारभूत एकाउण्टींग एकाई राखियो , र १९६२मा, यसलाई यो भन्दा पनि अझ तल्लो उत्पादन टिमको स्तरमा ल्याइयो । यद्धपि, महान समाजवादीकरण र साम्यवादतर्फको सङक्रमणको प्रक्रियाको रुपमा स्वामित्वको स्तर माथि उठदै जाने र उच्च नेतृत्वप्रति जिम्मेवारी भइरहनेनै भयो । परिणाम यसले सफलता पाउन सकेन । आधारभूत एकाउण्टींग र स्वामित्व एकाई १९७६सम्म उत्पादन टिमको तल्लो स्तरमा निरन्तर रहयो ।
पुँजीवादी बाटो लागेकाहरूका विरूद्ध संघर्ष:
यद्धपि ‘वाम’ गल्तीहरू छिटै सच्याइए, लिउ शाओ–चीले नेतृत्व गरेको पुँजीवादी बाटो लगेकाहरूको कब्जा पार्टीको उच्च तहहरूभित्र बलियो नै रहयो । दुई लाइन संघर्ष प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रतिनिधित्व गरिएको थियो । जुलाई १९५९मा, पेङ् तेह–हुई, त्यस समयको रक्षा मन्त्रीले महान् अग्रगामी छलांगमाथि यसको “निम्न– पुँजीवादी कट्टरता ” भन्दै आलोचना गर्दै र “एक पाइलामै साम्यवादमा पुग्ने चहना” भनेर प्रत्यक्ष आक्रमण गर्‍यो । माओले यी आक्रमणहरूलाई तिरष्कार गर्नु भयो र महान् छलांगको राजनीतिलाई रक्षा गर्नु भयो । तैपनि, यद्धपि पेङलाई हराइयो, अरू पुँजीवादी बाटो लगेकाहरूले अप्रत्यक्ष तरिकाहरूमार्फत उनीहरूको आक्रमणलाई निरन्तरता दिए ।
एउटा तरिका पेङको पर्दामार्फत र मिडियामा माओमाथि आक्रमणहरू गरकोे थियो । यो लेखहरूमार्फत र नाटकहरू र सांस्कृतिक कार्यक्रमहरूमार्फत पनि थियो । यसमा कसरी पेङ एउटा ठिक कमरेड जसलाई शिकार बनाइएको थियो देखाउने कोशिस गरिए । अर्को तरिका उच्च तहहरूमा गरिएका नीतिगत निर्णयहरूलाई कार्यान्वयनमा स्टल अथवा डाइभर्ट गर्ने थियो । एउटा प्रमुख उदाहरण समाजवादी शिक्षाको कार्यक्रमको र १९६२मा सिसिको दशौ प्लेनमले लिएको एउटा सास्कृतिक क्रान्ति सुरू गर्नलाई लिएको निर्णयको तोडमरोड थियो । यद्धपि यो पुँजीवादी बाटो लगेकाहरूले औपचारिक सहमति गरेका थिए, तिनीहरूले पार्टी संरचनाभित्र उनीहरूको नियन्त्रण मार्फत सुनिश्चित गरे । यो निश्चित गर्न कि त्यहाँ जनसमूहको परिचालन थिएन् । तिनीहरूले सास्कृतिक क्रान्तिलाई वर्ग संघर्षको बदलामा प्राज्ञिक र वेचारिक बहसको दिशामा फर्काउने कोशिस गरे ।
माआले,सन् १९५९देखि १९६५ को अवधिभरी विभिन्न स्तरमा लडाइहरू लडनु भयो । उहाँले रसियन अनुभवको आधारमा पुँजीवादको पुन:स्थापनाको एकदमै वास्तविक खतरा महसुस गर्नु भयो । उहाँले, त्यसकारण, ख्रुश्चेभाइट संशोधनवादको राजनीति र अर्थशास्त्रको एउटा प्रमुख अध्यनको आधारमा, चीनीयाँ र अन्तराष्ट्रिय सर्वहाराको शिक्षाको लागि यो अनुभवको सैद्धान्तिक पाठहरू खिच्ने काम गर्नु भयो । ख्रुश्चेभको आधुनिक संशोधनवाद विरूद्ध महान् बहसको संघर्षमार्फत माओले विश्वभरी र चीनमा क्रान्तिकारीहरूलाई वोरिपरी गोलवन्ध गर्नलाई कोशिस गर्नु भयो । उहाँका कामहरू जस्तै सोभियत अर्थशास्त्रको आलोचना र सिपिसिको ख्रुश्चेभको नककली कम्युनिज्म र विश्वका लागि यसको ऐतिहासिक पाठहरूको विश्लेषणमार्फत उहाँले पार्टी क्याडरमा संशोधनवाद र त्यसको पुनस्थापना विरूद्ध एउटा लडाइका लागि सैद्धान्तिक जगहरू बलियो गर्ने कोशिस गर्नु भयो ।
यद्धपि माओले प्रमुख रूपले समाजवाद रक्षा र विकास गर्न र पुँजीवादको पुन: स्थापनालाई रोक्नलाई संघर्षमा जन समूहहरूलाई तान्ने कोशिस गर्नु भयो । समाजवादी शिक्षाका लागि उहाँका पहिले वर्णन गरिएका कार्यक्रम अलवा, उहाँले ताचाइको समाजवादी अनुकरणका लागि र ताचाइको अनुभवहरू समाजवादको निर्माणमा मोडल अनुभवहरूको रूपमा नाराहरू पनि दिनु भयो । तर जनसमूहहरू परिचालन गर्नलाई जब सबै प्रयासहरू पार्टी ब्यूरोक्रेसीद्धारा डाइभर्ट गरिए, माओले महान सर्वहारा सांस्कृतिक क्रान्तिमार्फत जनसमूहहरूको शक्तिहरू परचालन गर्ने अथक प्रयासहरूपछि सफलता प्राप्त गर्नु भयो । यो माओको समाजवादी निमांणको माक्र्सवादी विकासको व्यवहारमा पराकाष्ठा थियो ।