एमसीसी खारेजी र लप्सीफेदीमा भएको प्रहरी दमनको विरोधमा चितवनमा पनि विराेध प्रदर्शन

एमसीसी खारेजी र लप्सीफेदीमा भएको प्रहरी दमनको विरोधमा चितवनमा पनि विराेध प्रदर्शन

चितवन / क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल चितवनको आयोजनामा एमसीसी खारेजी र लप्सीफेदीमा भएको प्रहरी दमनको विरोधमा भरतपुरको चौबिसकोठीमा एक विरोधसभाको आयोजना गरेको छ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको चितवन संयोजक घननाथ सापकोटा विकासले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला ईन्चार्ज भिम बहादुर खड्का, अतिथि सहसंयोजक केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य दुर्गा प्रसाद सुवेदी, वाग्मती प्रदेश सदस्य प्रकाशबाबु खनाल, हरिकृष्ण खनाल, क्रान्तिकारी प्रेस संगठनका केन्द्रिय सदस्य प्रेम कडेल, वाग्मती प्रदेश सदस्य तथा भरतपुर महानगर इन्चार्ज कृष्ण बराल बाबुराम प्यासी लगायतका जिल्लाका युवा पार्टी कार्यकर्ताको सहभागिता थियो।


कार्यक्रममा सहभागी सबैले कालापानी लिपुलेक हाम्रो हो, अमेरिका परियोजना एमसीसी एसपीपी खारेजी गर, देशभक्तहरु एक हौं, बढ्दो महंगी नियन्त्रण गर, बैंक लगायतका सहकारीका वित्तीय शोषण बन्द गर, संघिय जनगणतन्त्र जिन्दावाद, वैज्ञानिक समाजवाद निर्माण गर, वीर शहिद अमर रहुन् लगायतका नारासहित प्रदर्शन गरिएको थियो। कार्यक्रममा प्रकाशबाबु खनालले राष्ट्रप्रेमी कविता वाचन गरे। कार्यक्रममा बोल्दै जिल्ला संयोजक विकासले लप्सीफेदीमा राष्ट्रवादीमाथि दमन गरेमा परिस्थिति गम्भीर भएकाले राष्ट्रिय स्वाधीनता सार्वभौमसत्ता र जनतन्त्र जनजिविकाको हलको सवालमा जनताको मुक्तिको प्रतिरोधात्मक आन्दोलन राज्यलाई मंहगो पर्ने चुनौती दिँदै भ्रष्टाचार र दलालहरुलाई राज्यले कारवाही नगरे जनताको शक्तिको बलमा कारवाही गरिने उद्घोष गरे।

कार्यक्रमको अन्त्यमा जिल्ला इन्चार्ज ध्रुवले जनताको मुक्तिको वास्तविक मुलबाटोमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आन्दोलन र संघर्षमा जुट्न सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा आव्हान गरे।