गाेविन्द काफ्ले/राजन बुढा
जाजरकोट | माेहन वैद्य ‘किरण‘ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भुकम्प पीडितहरुका घरहरू पुर्ननिर्माणका लागिशनिबारबाट जनसेवा शुरु गरेको छ । भेरि नगरपालिका वडा नम्बर ३ कि गाेपी सिंह सहितको भुकम्पले क्षतविक्षत बनाएकाे घरलाईपुर्ननिर्माणकाे लागि काम शुरुआत गरेको हाे ।
शनिबार क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नं. प्रदेश ईन्चार्ज उदय बहादुर चलाउने “दिपक” काेनेतृत्वमा उक्त प्रभावित क्षेत्रमा पुगेर दाेस्राे चरणको जनसेवा शुरुआत गरेको हाे ।शनिवारै उक्त ठाउँमा दुईवटा घर पुर्ननिर्माणकाेकाम शुरु गरेको हाे । याे भन्दा अगाडि पार्टीका जिल्ला ईन्चार्ज अनन्त र जिल्ला संयाेजक हिमालकाे नेतृत्वमा भुकम्प गए लगत्तैरातारात उद्धार र राहत कार्यमा निरन्तर खटिरहेकाे छ ।
शुक्रबार राति पार्टी केन्द्रकाे तर्फबाट दिपककाे नेतृत्वमा पुगेको टाेलिहरिस भट्ट संयाेजक रहेको क्रान्तिकारी युवा संगठन,प्रतिज्ञा र केसरकाे नेतृत्वमा जनस्वास्थ्य टाेलि,दिग्दर्शन र राजन बुढाकोनेतृत्वमा सुचना तथा संचार टाेलि सहितले शुरुआत गरेको थियोे । अभियान टाेलिका कमान्डर दिपकले शनिवार २५ गते देखि शुरुगरेको याे दाेस्राे चरणको जनअभियान १५ दिन सम्म चल्ने बताए । उनको नेतृत्वमा जनअभियान कार्यलय टिम क्रान्तिकारी युवासंगठन नेपाल संयाजक हरिस भट्ट, पार्टी केन्द्रीय सदस्य तथा ६ नं. प्रदेश संयाेजक संगम,पार्टी केन्द्रीय सचिवालय सदस्य धमिल रजनस्वयंसेवकका बादल,१ नं. टाेलि संयाेजक प्रतिज्ञाकाे टाेलिकाे नेतृत्वमा भेरि नपा,नलगाडा नपा र कुँशे गाँपा,२ नं. टाेलिसंयाेजक अनन्तकाे टाेलिकाे नेतृत्वमा कुँशे गाँपा,छेडा गाँपा र भेरि नपा र ३ नं. टाेलि संयाेजक विपिनकाे नेतृत्वमा नलगाँडगाँपा,भेरि नपा मा ९/९ जनाको टाेलि निर्माण गरि परिचालन गरिएको बताए ।
जाजरकोटकाे बारेकाेट गाउपालिकाकाे रामिडाँडा केन्द्र बिन्दु भएर २०८०कार्तिक १७ गते राति ११:४७ मा ६.४ रेक्टर स्केलकाेभुकम्पले १५३ जनाकाे ज्यान लिनुका साथै ४०० जना घाईते अवस्थामा छन र हजाराै घरवारविहीन अवस्थामा पालमुनि रगाेठहरुमा बसिरहेका छन । चिसाे बढे संगै थुप्रै बिरामी परिरहेका छन साेहि अवस्थालाई मध्यनजर गरि विभिन्न किसिमकाेस्वास्थ्य सामाग्री रओैषधिहरु जिल्ला अस्पताल जाजरकोट लाई हस्तान्तरण गरि भुकम्प पिडितहरु कहाँ पुर्याउने , पार्टीले थप राहतकासामग्रीहरु पनि उपलब्ध गराउने र शनिवारदेखि भुकम्प प्रभावित क्षेत्रमा पार्टी उद्धार कार्यमा निरन्तर खट्ने जिल्ला इन्चार्ज अनन्तलेजानकारी दिए ।