राजन बुढा, जाजरकोट । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले जिल्ला अस्पताल जाजरकोटलाई भुकम्प पीडितका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
शनिबार बिहान क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ६ नं. प्रदेश ईन्चार्ज उदय बहादुर चलाउने “दिपक” नेतृत्वको टोलीले जिल्ला अस्पताल जाजरकोट पुगेर झण्डै ३ लाख बराबरको स्वास्थ्य सामाग्री जनस्वास्थ्य अधिकृत जनक केसीलाई हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल ६ नं. प्रदेश समिति संयोजक संगम, जाजरकोट जिल्ला ईन्चार्ज अन्तत, केन्द्रीय सदस्य विपिन, क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष हरिष भट्ट, केन्द्रीय सदस्य प्रतिज्ञा चौलागाई र पाल्पा जिल्ला पार्टी संयोजक मुक्ति गैरे लगायत जिल्ला पार्टीका सदस्यहरुको उपस्थिति रहेको थियोे ।
जाजरकोटको बारेकोट गाउपालिकाको रामिडाँडा केन्द्रबिन्दु भएर २०८० कार्तिक १७ गते राति ११ः४७ मा ६.४ रेक्टर स्केलको भुकम्पले १५३ जनाको ज्यान लिएको थियो । भूकम्पबाट ४०० जना घाईते भएका छन् भने हजारौ परिवार घरवारविहीन अवस्थामा पालमुनि र गोठहरुमा बसिरहेका छन् ।
चिसो बढेसंगै थुप्रै बिरामी परिरहेका छन् । सोहि अवस्थालाई मध्यनजर गरी विभिन्न किसिमका स्वास्थ्य सामाग्री र ओैषधिहरु जिल्ला अस्पताल जाजरकोटलाई हस्तान्तरण गरी भुकम्प पीडितहरु कहाँ पुर्याउने, पार्टीले थप राहतका सामग्रीहरु पनि उपलब्ध गराउने र आजदेखि भुकम्प प्रभावित क्षेत्रमा पार्टी उद्धार कार्यमा निरन्तर खट्ने जिल्ला इन्चार्ज अनन्तले जानकारी दिनुभयो ।