खुनी दुश्मनका विरुद्ध

खुनी दुश्मनका विरुद्ध

 

निर्दोष असहाय रुग्ण
मानिसमाथि
मिसाइल बर्साएर
देखाइरहे छ
दुनियाँकै सबभन्दा क्रूर
शासक
निर्लज्जता निर्दयता

पाँच सय
प्यालेस्टाइन
बालक बृद्ध अशक्तमाथि
दागेर क्षेप्यास्त्र
मुस्कुराइ रहेछ
संसारकै खुनी दुस्मन

औंला उठाएर
गाली गरन
सबै किसिमका
श्लील अश्लील शब्दमा
ती मोराहरूलाई

न्याय समानताका पक्षमा
हुर्हुरिने ओ आँधी !
आइज यतिबेला
तिनका दुनियाँलाई
भत्काइदे मिटाइदे

कहाँ सुतेको छस्
वेगवान तुफान !
अहिले नै हो ब्युँझने
कहाँ भूमिगत भएको छस्
क्रान्तिसागरको
उद्दाम अगणित छाल