प्रा.डा.ओम गुरुगको स्मृतिग्रन्थ लोकार्पण कार्यक्रममा सहभागिताका लागि अनुरोध

प्रा.डा.ओम गुरुगको स्मृतिग्रन्थ लोकार्पण कार्यक्रममा सहभागिताका लागि अनुरोध

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय अध्यक्ष क. मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा यही कार्तिक १ गते दिउसो १२ बजे पार्टीको केन्द्रीय कार्यालय कुपन्डोल ललितपुरमा नेपालको आदिवासी जनजाति आन्दोलनका अग्रज तथा पार्टी निकट अखिल नेपाल आदिवासी जनजाति महासंघका तत्कालिन केन्द्रीय अध्यक्ष प्रा.डा.ओम गुरुगको स्मृतिग्रन्थ लोकार्पण कार्यक्रम सम्पन्न हुन गइरहेकोछ ।

उक्त कार्यक्रममा सहभागिताका लागि पार्टीका नेता, कार्यकर्ताहरु तथा डा.ओम गुरुगका परिवार र शुभेच्छुकहरुमा अनुरोध गरिन्छ ।
स्मरण रहोस डा.ओम गुरुगको २०७९ असोज ३१ गते देहावसान भएको थियो ।