एजेन्सी। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले गाजामा गरेको घेराबन्दी र बमबारीलाई ‘नरसंहार’ भनेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार एर्दोगानले संसदमा बोल्दै भनेका छन्, ‘युद्धमा पनि नैतिकता हुन्छ तर शनिबारदेखि गाजामा जे भयो त्यो नैतिकताको उल्लंघन भएको छ ।’

उनी इजरायप्रति निकै आक्रामक देखिएका थिए । “मानिसहरूलाई आधारभूत आवश्यकताहरू पनि पूरा गर्न सक्षम हुनबाट वञ्चित गर्नु र नागरिक घरहरूलाई लक्षित गर्नु युद्ध होइन तर नरसंहार हो।” उनले भने ।

टर्कीले विगतमा प्यालेस्टाइनलाई समर्थन गरेको छ र हमासका सदस्यहरूलाई पनि नरम समर्थन गरेको छ। तर यसबीचमा इजरायलसँगको सम्बन्ध सुधार्ने प्रयास पनि भएको छ । युरोपेली संघ र अमेरिकाले जस्तै टर्कीले हमासलाई अतिवादी संगठन मान्दैन। एर्दोगानले हमासको आक्रमणपछि इजरायलको आक्रमणको मात्रा कुनै पनि नैतिक आधारभन्दा बाहिर रहेको बताए।
इजरायली सेनाका अनुसार हमासको आक्रमणमा परेर इजरायलमा १२ सय जनाको मृत्यु भएको छ भने २७ सयभन्दा बढी घाइते भएका छन् । यसै क्रममा प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले गाजामा पछिल्लो चार दिनमा इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या १ हजार ५५ पुगेको र करिब ४५ सय व्यक्ति घाइते भएको बताएको छ ।































