इजरायलमा मारिएका विद्यार्थीहरूको सम्झनामा दीप प्रज्वलन

इजरायलमा मारिएका विद्यार्थीहरूको सम्झनामा दीप प्रज्वलन

काठमाण्डाै  ।  गएकाे शनिवार इजरायलमा भएकाे  इजरायल-प्यालेस्टाइन द्वन्द्वमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएकाे सम्झनामा माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले साेमवार साँझ उनीहरूको सम्झनामा दीप प्रज्वलन गरेको हो । 

दीप प्रज्वलनमा उपस्थित भएकाहरूले मृतक विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनीहरूले इजरायलमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गरी नेपाल फर्काउन सरकारसँग माग गरेका छन् ।