६ असोज नेपालगन्ज बाँके ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राप्तीसोनारी गाउपालिकाको एकता प्रशिक्षण भेला र बैठक सम्पन्न भएको छ । उक्त बैठकमा रिपोर्टिङ र प्रशिक्षण भएको थियो । बैंठकको अध्यक्षता ऋषिराम थारुले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य दिपक शाही, अतिथिहरु के स तथा बाँके जिल्ला संयोजक विशाल खाँ, के स कृष्ण शाह, बाँके जिल्ला सह–संयोजक हरिकृष्ण न्यौपाने , बाँके जिल्ला कार्यलय सदस्य प्रेम थापा र राप्तिसोनारी कमाण्ड ईन्चार्ज तिलक गिरि, आदिवासी जनजातिका ६ नं प्रदेश संयोजक मुक्तबहादुर थापा, थारु मुक्तिमोर्चाका के स गोपाल चौधरी, र सहिद परिवारहरुको विषेश आतिथ्यता र नेताहरुको उपस्थित थियो ।

प्रशिक्षण, पष्टिकरण र एकता भेलालाई स्वागत मनतब्य बाँके जिल्ला सह–संयोजक हरिकृष्ण न्यौपाने , के स , कृष्ण शाह, के स तथा बाँके जिल्ला संयोजक विसाल खाँले जनताका जनजिविका जनतन्त्र र भ्रष्टाचार , राष्ट्रियता एमससिी, लिम्पियाधुरा लगाएत विषयमा प्रकाश परेका थिए ।

प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य दिपक शाहीले पार्टीले संसारका मजदुर किसान उत्पिडीत जनतालाई अब हुने नेपालको तेस्रो जनआन्दोलनले उत्साह उदारहणिय हुने वताउदै पार्टी एकताले नेपालका कम्युनिस्ट क्रान्तिकारीहरुलाई उल्लास पुर्ण सन्देश दिइएको बताएका थिए ।
हाम्रो पार्टीको केन्द्रीय नितिलाई जनजन र घरघरमा पुर्याउनु पर्नेमा जोड दिदै, दलाल संसदीय व्यवस्थाको अत्य र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने वटो नै मुख्य उद्येश्य हो भन्दै, भ्रष्टाचारी, वलात्कार राष्ट्रघाति, एमसीसी लगायत सम्पूर्ण विषयहरुलाई लिएर संघर्ष गर्नु पर्ने समेत वताए ।
भेलामा उपस्थित सवै नेता कार्यक्रर्तालाई आगामि कामका सन्दर्भमा शिक्षा स्वास्थ्य २०८३ सम्ममा निशुल्क गर्न, किसानलाई निशुल्क मल बीउ र किसानका उत्पादन देश भरि सवै वडाले संकलन केन्द्र वनाएर खरिद गरि सस्तोमा जनता र उपभोक्तलाई वितरण गर्न, देशमा रोजगारि सृजना गर्न कम्ति पनि सवै पालिकाहरुमा कम्तिमा दुईवाटा जनताको स्वामित्व र पुर्ण सरकारि स्वामित्वमा दुई दुई वाटा उद्योग संचालन गर्न, वैक वितिय संस्थाहरु र मिटर व्याजिहरुको ज्यादतिलाई रोकि जनतालाई सस्तो र सुलभ ऋण उपलब्ध गरि सेवा दिन व्यवस्था गर्न, भ्रष्टाचारीलाई कारवाही गरि पुर्ण भ्रष्टाचार मुक्त समाज निर्माणका लागि संघर्ष गर्न निर्देश गर्दै पार्टीको आगामि कार्यक्रम र कार्यदिशाका वारेमा प्रशिक्षण सहितको मन्तव्य रखेका थिए । नव निर्वाचितहरुला शुभकामना बधाई समेत दिएका थिए ।
राप्तिसोनारी गाउपालिकाको भेलाले अनन्त भण्डारीको संयोजकत्वमा १७ सदस्यीय राप्तिसोनारी गाउँपालिका संगठन समिति गठन समेत गरेको समाचार छ ।































