शिक्षा विधेयक खारेजीको माग गर्दै संसद भवनको गेटमा प्रदर्शन : क्रान्तिकारी कम्युनिस्ट पार्टीका दर्जनौं नेता कार्यकर्ताहरु गिरफ्तार (फोटोफिचर)

शिक्षा विधेयक खारेजीको माग गर्दै संसद भवनको गेटमा प्रदर्शन : क्रान्तिकारी कम्युनिस्ट पार्टीका दर्जनौं नेता कार्यकर्ताहरु गिरफ्तार (फोटोफिचर)

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले ल्याएको जनविरोधी, प्रतिगामी माध्यामिक शिक्षा विधेयक खारेजीको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले नयाँ बनेश्वरको संसद भवन गेटमा विरोध प्रदर्शन गरेको छ । संसद भवनको पश्चिम र उत्तर पानी ट्यांकीको गेटमा पार्टी र विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को झण्डासहित नाराबाजीमा उत्रिएका नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पार्टीका सचिवालय सदस्य तथा मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सहसंयोजक बसन्त बोगटी, पार्टीकी सचिवालय सदस्य तथा क्रान्तिकारी महिला संगठनकी सहसंयोजक शारदा महत, पार्टीका सचिवालय सदस्य तथा अखिल (क्रान्तिकारी)का इन्चार्ज हरिकृष्ण गजुरेल, संयोजक मिलन राई लगायत दर्जनौं नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको सम्बद्ध पार्टीले जानकारी दिएको छ ।


पक्राउ पर्ने अन्य नेताहरुमा इन्दिरा अधिकारी, सुनिता बुढाथोकी, युवराज थापा, अर्जुन वोगटी, राशन कार्की, मन्जिल वोगटी रहेका छन् । त्यसैगरी पक्राउ परेका अखिल (क्रान्तिकारी)का नेताहरुमा केन्द्रीय सहसंयोजक पेशल दाहाल, प्रभात भट्टराई, विरेन्द्र शाह, राजन रउत, गोविन्द विष्ट, स्मृति कार्की, सर्जन पाण्डे, लक्ष्मि पाण्डे, मिलन वुढा, स्टालिन बस्नेत, रोशन यादव, लक्ष्मण वम, समिर विक लगायत रहेका छन् ।


गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुलाई तीनकुने र सिंहरदबार प्रहरी वृतमा राखिएको क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा प्रदेश ३ का सहसंयोजक सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबीच, अहिले ३ बजे क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले अनामनगरको संवाद डवलीमा आकस्मिक पत्रकार सम्मेलन गर्दैछ ।