विप्लव नेकपाका पूर्व जनसरकार प्रमुख क्रान्तिकारी कम्युनिष्ट पार्टीमा समाहित

विप्लव नेकपाका पूर्व जनसरकार प्रमुख क्रान्तिकारी कम्युनिष्ट पार्टीमा समाहित

लक्ष्मी घिमिरे
नवलपरासी – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा संसदीय भासमा गएको भन्दै उक्त पार्टीका पूर्व जनसरकार प्रमुख रामप्रीत चमार (करण)ले पार्टी परित्याग गर्नुभएको छ । उहाँले विप्लव नेकपाले संसदवादी दलहरुसंग समाजवादी मोर्चा नामक संसदीय मोर्चा बनाएकोले उक्त पार्टीका रहनुको औचित्य नभएको समेत उल्लेख गर्नुभएको छ । साथै उहाँले आजकै मिति देखि मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीमा धुब्रीकृत भएको बिज्ञप्ति समेत सार्वजनिक गर्नुभएको छ ।

बि.स.२०५३ सालदेखि माओवादी जनयुद्धमा सक्रिय हुदै आउनुभएका उहाँ विप्लव नेकपा नवलपरासी पश्चिमको जिल्ला कमिटी सदस्य तथा पार्टीसम्बद्ध श्रमीक जनसमुदाय मोर्चाको केन्द्रीय सदस्य समेत रहनुभएको थियो । रामप्रितद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ – ‘पछिल्लो ऋंखला स्वरुप संसदीय व्यवस्थाका मतियारहरु माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा लगायतसंग समाजवादी मोर्चा नामक संसदीय मोर्चा बनाएको तितो यथार्थ हामी माझ छ । बर्गीय तथा राष्ट्रिय आत्मसर्मपणवादी विचार बोकेका संसदीय ब्यवस्थाका रक्षकहरुसंग गरिएको मोर्चाबन्दीले त्यहाँका क्रान्तिकारीहरुलाई संसदीय भासमा लैजाने धृष्टता भन्दा केही हुनेवाला पनि छैन् ।’

 उहाँले क्रान्तिकारी एकता र धुब्रीकरणमा लामवद्ध हुन नेकपा (विप्लव) लगायतका बिभिन्न पार्टी, समुह तथा स्वतन्त्र ब्यक्तित्वहरुलाई आव्हान समेत गर्नुभएको छ ।