भाद्र ५
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मोरङ जिल्ला संगठन समितिले जनताको घरदैलोमा पुगेर संसदीय व्यवस्थाको विरुद्ध जनतालाई जागरुक बनाउने महान लक्ष्य सहित जनजागरण अभियान थालेको छ ।
मंगलबार मोरङ जिल्लाको बुढिगंगा गाउँपालिका स्थित गंगाचौकमा रहेको दलित तथा सुकुम्बासी बस्तीबाट कार्यक्रमको समुद्धघाटन गरिएको हो ।
जागरण अभियानको उद्धघाटन व्यानर खोलेर पार्टीका कार्यलय सदस्य तथा प्रदेश नम्बर १ इन्चार्ज निर्मल राई र सचिवालय सदस्य तथा प्रदेश संयोजक भूपेन्द्र न्यौपानेले गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज राईले संसदीय व्यवस्थाका कारण अहिलेको तमाम समस्या आएको भन्दै यसलाई अन्त्य गरेर नयाँ जनवाद हुदै वैज्ञानिक समाजवाद स्थापना गर्नु पर्ने बताउनु भयो । उहाँले हालकै व्यवस्थामा रहेर पात्र मात्र फेरिरहदा जनताले पुरानै प्रकृतिको दु:ख पाएको भन्दै आम नेपालीले सुख पाउने व्यवस्था ल्याउनका लागि सबै मिलेर क्रान्ति गर्दै दलाल संसदीय व्यवस्थाको पत्तसाफ गर्नु पर्ने धारणा राख्नु भयो ।
सोहि उद्घाटन अभियानलाई शुभकामना दिदै पार्टीका प्रदेश संयोजक भूपेन्द्र न्यौपानेले दलाल पुँजीवाद र समान्तवादको समुल नष्ट गरेर अगाडि बढ्न जनवादी व्यवस्था पुरा गरी वैज्ञानिक समाजवाद सम्म पुग्न जनताको बीचमा आएको भनाई राख्नु भयो । उहाँले यो खाले जनता जगाउने अभियान हेदा साना भएपनि मुक्ति आन्दोलनका लागि पुलको काम गर्ने बताउनु भयो । देशमा भुमिहिन सुकुम्बासी , दलित ,महिला लगायत वर्गिय र जातिय उत्पीडनका कयौँ प्रश्नहरु जस्ताको त्यस्तै रहेको भन्दै जनताका सबै समस्याहरु अन्त्य गर्नका लागि व्यवस्था परिवर्तन अपरिहार्य भएको स्पष्ट पार्दै जनजागरण अभियान सफलताको शुभकामना दिनु भयो ।
मोरङ जिल्ला संगठन समितिले आयोजना गरेको अभियान १० दिन सम्म चल्ने छ । जिल्लाका १७ वटै स्थानियतहमा अभियान संचालन हुने पार्टीका सचिवालय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज विमल निरौलाले बताउनु भयो । उहाँले मजदुर ,किसान ,सुकूम्बासी ,दलित ,महिला लगायत उत्पीडित वर्ग र जातिका समस्याहरु सम्बोधन गर्न पार्टीको नीति तथा कार्यक्रम सहितको पर्चा वितरण गर्दै जनताको घरदैलोमा पुग्ने जानकारी दिनु भयो ।
उद्घाटन कार्यक्रममा पार्टीका सचिवालय सदस्य तथा प्रदेश सह–संयोजकद्वय सिताराम बुढाथोकी , नरेश चौलागाई तथा पार्टी सचिवालय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज डिल्लराम बोहोरा र पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश प्रकाशन विभाग प्रमुख रोहित ढकालको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन पार्टीका केन्द्रिय सदस्य तथा मोरङ संयोजक सुमन पराजुलीले गर्नु भएको थियो ।