सहिद रामवृक्ष यादवको २९ औँ स्मृति दिवस कार्यक्रम सर्लाहीमा सम्पन्न

सहिद रामवृक्ष यादवको २९ औँ स्मृति दिवस कार्यक्रम सर्लाहीमा सम्पन्न

सर्लाही – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सर्लाहीको आयोजनामा सहिद रामवृक्ष यादव(मास्टर साहेब)को २९ औँ स्मृति दिवस एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

सर्लाहीको हरिवनमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टी जिल्ला संयोजक प्रकाशले रामबवृक्ष यादवको जीवनी र उनको योगदानबारे चर्चा गर्नुभयो । उहाँले २९ बर्ष अघि मास्टर साहेबको सहादत भएको र उहाँको योगदानको सम्मान गर्दै कुमार पौडेलको सहादतसम्म आइपुग्दा सहिदको सपनाको निम्ति दृढतापूर्वक लडाइ लड्नुको विकल्प नरहेको बताउनुभयो ।
कार्यक्रम बोल्दै जिल्ला सहसंयोजक बिहानीले मास्टर साहेबदेखि कुमार पौडेलसम्मको सहिदहरुको सपनामाथि गद्दारी भएको भन्दै त्यसको विरुद्ध निरन्तर क्रान्तिको झण्डा आफूहरूले बोकिरहेको बताउनुभयो ।
स्मृति दिवस कार्यक्रम सहसंयोजक बिहानीको अध्यक्षयता, संयोजक प्रकाशको प्रमूख आतिथ्यता, सहसंयोजकद्वय सन्ध्या र ठगाहाको आतिथ्यता रहेको थियो । अखिल (क्रान्तिकारी) का मधेस प्रदेश संयोजक पारस राहादी मगरले कार्यक्रम सञ्चालन गर्नुभयो । बि.स.२०५१ भदौ १ गतेको नेपालबन्द कार्यक्रम सफल पारी महान जनयुद्धको तयारी क्रममा आजको दिन भदौ २ गते आफ्नो गाउँमा फर्किंदै गर्दा सिभिल ड्रेसका पुलिस र नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको योजनामा रामबृक्ष यादव (मास्टर साहेब)लाई बर्मझियामा उहाँको निर्मम र अमानवीय ढङ्गले हत्या गरेको थियो ।