काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले काठमाडौं जिल्ला अन्तर्गत काठमाडौं महानगरपालिकाको एकता अधिवेशन सम्पन्न गरेको छ । तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) भएको पार्टी एकतालाई केन्द्र, प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म एकता अधिवेशन सम्पन्न गर्ने क्रममा काठमाडौं महानगरमा शनिबार अधिवेशन सम्पन्न भएको हो । पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज सुदर्शनले मैनबत्ती बालेर उद्घाटन गर्नुभएको अधिवेशनले सुवास अधिकारीको नेतृत्वमा ८१ सदस्यीय महानगर संगठन समिति निर्माण गरेको छ ।

एकता अधिवशेनलाई प्रमुख अतिथि सुदर्शन, पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले वैचारिक, राजनीतिक, सांगठानिक विषयमा महत्वपूर्ण प्रशिक्षणात्मक मन्तव्य राख्नुहुँदै संघर्षका लागि आवश्यक दिशाबोध गर्नुभएको थियो ।

सुवास अधिकारीको अध्यक्षतामा सम्पन्न भएको अधिवशेनको सञ्चालन बोजराज श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा पार्टीका महाधिवेशन आयोजक समिति तथा काठमाडौं जिल्ला संयोजक प्रकाश, आयोजक समिति सदस्यहरु अर्जुन, युगान्त, बन्धुदेव, सुरेश, अनु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा भगिरथ न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सपना राजथलाले सर्कुलर वाचन गर्नुभएको थियो ।

































