३७ महिनापछि जेलमुक्त भएका सानुराज बज्राचार्य ‘श्याम’लाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले ग¥यो भव्य स्वागत र अभिनन्दन (फोटोफिचर)

३७ महिनापछि जेलमुक्त भएका सानुराज बज्राचार्य ‘श्याम’लाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले ग¥यो भव्य स्वागत र अभिनन्दन (फोटोफिचर)

काठमाडौं । दलाल संसदीय व्यवस्थाका विरुद्धको राजनीतिक आन्दोलनको क्रममा जेल पर्नुभएका सानुराज बज्राचार्यलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टी कार्यालय कुपण्डोलमा भव्य स्वागत तथा अभिनन्दन गरेको छ । उहाँलाई पार्टीका कार्यालय सदस्य कञ्चन, सुदर्शन, दिपक, अटल, पवनमान, निर्मल, आजाद लगायतका नेताहरुले उहाँलाई अबीर र खादा लगाएर भव्य स्वागत तथा अभिनन्दन गर्नुभयो । ३७ महिनापछि नख्खु कारागारबाट रिहाई भएका युवा नेता श्यामप्रति बधाई ज्ञापन गर्दै पार्टीका प्रवक्ता समेत रहनु भएका नेता कञ्चनले आफूहरुले क्रान्तिको कार्यभार पूरा गर्ने विषयलाई केन्द्रमा राखेर पार्टी एकता गरेर क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निर्माण गरेको बताउनु भयो । र, क्रान्तिको बाँकी कार्यभार पूरा गर्न क्रान्तिकारीहरु एकताबद्ध हुनुको विकल्प नरहेको कुरामा जोड दिनुभयो ।


त्यसैगरी पार्टी कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज सुदर्शनले कम्युनिस्ट क्रान्तिकारीहरुका लागि जेल नतोकिएको कार्यक्षेत्र भएको प्रसंगमाथि चर्चा गर्दै आफू जेलमा हुँदा जेलभित्र पार्टी डिओसी बनाएको पनि बताउनु भयो । उहाँले जेल कम्युनिस्ट क्रान्तिकारीहरुका लागि विश्वविद्यालय भएको पनि बताउनु भयो । उहाँले जेलमा बस्दा माक्र्सवादी किताबहरु एकाग्रतापूर्वक गहिरोसँग अध्ययन गरेको जेलमा बस्दा अनुवाद गरेको किताब चाँडै प्रकाशनमा ल्याउने तयारी रहेको पनि जानकारी दिनुभयो । उहाँले कम्युनिस्ट क्रान्तिकारीहरुले ढुंगामा फाले पनि उम्रन जान्नु पर्दछ भन्दै जेलमुक्त हुनुभएकोमा युवा नेता श्यामलाई बधाई ज्ञापन गर्नुभयो ।


क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदेश सहसंयोजक प्रवेशले गर्नुभएको थियो । स्वागत तथा सम्मान कार्यक्रममा अनुभूति मन्तव्य राख्दै जेलमुक्त हुनुभएका सानाराज बज्राचार्यले जेल पनि क्रान्तिको एउटा मोर्चा भएको भन्दै क्रान्तिका लागि आफू फेरि पनि जेल जान तयार रहेको बताउनु भयो । उहाँले ३७ महिना जेल बस्दा आफूलाई अझ गर्वको महसुस भएको भन्दै आफू निरन्तर रुपमा क्रान्तिकारी आन्दोलनमा सहमाहित भएर जिम्मेवारी पूरा गर्ने पनि प्रतिबद्धता जनााउनु भयो ।