क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे पनौती नगर एकता अधिबेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे पनौती नगर एकता अधिबेशन सम्पन्न

पनौती/काभ्रे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पनौती नगर एकता अधिबेशन सम्पन्न भएको छ।नेकपा (क्रान्तिकारी माओबादी) र नेकपा बहुमत बिच एकता भएपछी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनेको हो। जिल्ला इन्चार्ज सोमान सिङ तामाङको प्रमुख अतिथीमा सम्मपन उक्त कार्यक्रममा जिल्ला संयोजक माधब गौतम ,प्रदेश सदस्यहरुजित ब लामा प्रदिप अस्तानी ,नगर इन्चार्ज बिष्णु तिमिल्सिना लगायतको नेताहरुले प्रशिक्षणातमक मन्तव्य राख्नु भएको थियो अधिबेशनले बिकासको संयोजकत्वमा ११सदस्यीय नगर कमिटी निर्माण भएको छ। जस्मा श्याम तामाङ ,प्रजवल.अशोक तामाङ ,दिपेन्द्र दुलाल,राजकुमार बोलखे,रेणु लामा,संगिता बराम,निर्मला तामाङ ,भरत तिमिल्सिना र पछि एक जना थप गरिने छ। कार्यक्रममा इन्चार्ज बिस्णु तिमिल्सिनाको सभापतिमा सम्पन्न कार्यक्रममा संयोजक बिकासको संन्चालनमा भएको थियो।