क्रान्तिकारी कम्युनिस्ट पार्टीको गुल्मी जिल्ला संगठन समिति गठन

क्रान्तिकारी कम्युनिस्ट पार्टीको गुल्मी जिल्ला संगठन समिति गठन

रवि पाण्डेय
गुल्मी – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गुल्मी जिल्ला संगठन समिति गठन गरिएको छ । गुल्मीको जोहाङ खैरेनीमा बुधवार सम्पन्न पार्टी एकता अधिवेशन, प्रशिक्षण तथा बैठकले अविरलको संयोजकत्वमा २१ सदस्सीय जिल्ला संगठन समिति निर्वाचित गरेको हो । समितिको सहसंयोजकमा तेन्जिङ रहनुभएको छ ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईञ्चार्ज प्रमोदले दलाल पुँजीवादी संसदीय व्यवस्थाको अबको विकल्पमा नयाँ जनवादी बैज्ञानिक समाजवादी ब्यवस्था आवश्यक रहेको बताउनुभयो ।


पार्टीका अर्का केन्द्रीय सचिवालय सदस्य तथा युवा नेता समिरले पार्टी एकताका कामहरु सम्पन्न गरेर पार्टीले बर्गसंर्घष उठान गर्ने तयारी गरेको बताउनुभयो । प्रदेश संगठन समितिका सहसंयोजकसमेत रहनुभएका उहाँले सम्पूर्ण उत्पीडित तथा श्रमजीविहरुलाई दृढताकासाथ क्रान्तिकारी कित्तामा उभिन आव्हान गर्नुभयो ।
कार्यक्रम महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज गर्जनको अध्यक्षता सिर्जनाको संचालन , तेन्जिङको स्वागत र प्रतिबेदन बाचन सागरले गर्नुभएको थियो ।
कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य पारस राहदी मगर, क्रान्तिकारी टे«ड युनियन महासंघका अनिल रानालगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचको एकतालाई जिल्लास्तरमा एकता अधिवशेन मार्फत् पूर्णता दिइएको हो ।
यसबीच पार्टीको जिल्ला संयोजक अविरलकी आमा बेलकुमारीको निधन प्रति पार्टी प्रदेश संगठन समिति र जिल्ला संगठन समिति गुल्मीले शोक ब्यक्त गर्दै समबेदना प्रकट गरेका छन् ।