क्रान्तिकारी कम्युनिस्ट पार्टी ललितपुरको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी ललितपुरको एकता अधिवेशन सम्पन्न

ललितपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ३ न. प्रदेश अन्तर्गतको ललितपुरको जिल्ला एकता अधिवेशन सम्पन्न भएको छ । असार १७ गते सम्पन्न भएको एकता अधिवेशन, प्रशिक्षण तथा बैठकले ५७ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटि निर्माण गरेको छ । पार्टीका केन्द्रीय कार्यालय सदस्य सुदर्शनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक शार्दुलको उपस्थिति रहेको थियो । केन्द्रीय सचिवालय सदस्य कगेन्द्रको अध्यक्षता र दिलको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुदर्शन, विशेष अतिथि अटल, अतिथि शार्दुलले शुभकामना तथा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।