क्रान्तिकारी कम्युनिस्ट पार्टी कास्कीको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी कास्कीको एकता अधिवेशन सम्पन्न

पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ४ नं प्रदेश अन्तर्गतको कास्कीको जिल्ला एकता अधिवेशन सम्पन्न भएको छ । असार १६ गते सम्पन्न भएको एकता अधिवेशन, प्रशिक्षण तथा बैठकले ७९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटि निर्माण गरेको छ । पार्टीका केन्द्रीय कार्यालय सदस्य आजादको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ४ का संयोजक अनुकूलको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य किशोर, मामा, अरुण र अनन्तको आतिथ्यता रहेको थियो ।

कास्की जिल्ला संयोजक सुजनको अध्यक्षता र हरिको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा हिक्मतले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि आजाद, विशेष अतिथि अनुकूल, अतिथिहरु किशोर, मामा, अनन्त र गोकूलले शुभकामना तथा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।