क्रान्तिकारी कम्युनिस्ट पार्टीको प्रदेश १ काे अधिवेशन सान्दार रुपमा सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीको प्रदेश १ काे अधिवेशन सान्दार रुपमा सम्पन्न

धरान । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १ नं प्रदेश संगठन समितको एकता अधिवेशन प्रशिक्षण तथा बैठक असार १२ र १३ मा धरानमा  सम्पन्न भएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कार्यालय बरिष्ठ सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख गौरबको प्रमुख आतिथ्यता र क्रान्तिकारी कम्युनिस्ट पार्टी कार्यालय सदस्य तथा प्रदेश ३ का सदस्य सुदर्शन, मधेश प्रदेश इन्चार्ज सागर, १ नम्बर प्रदेश इन्चार्ज निर्मलकाे आतिथ्यतामा एकता अधिवेशन सम्पन्न भएकाे हाे ।
प्रदेश संयाेजक संकुलकाे अधयक्षतामा सम्पन्न एकता अधिवेशनले १३१ जनाको १ नं प्रदेश समिति चयन गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले सुदुरपश्चिम प्रदेशबाहेक सबै प्रदेशहरुमा एकता अधिवेशन, प्रशिक्षण तथा वैठक सम्पन्न गरिसकेकाे छ । सुदुरपश्चिम प्रदेशमा आज र भाेलिमा सम्पन्न हुँदैछ । एकता अधिवेशन सम्पन्न भइसकेका प्रदेशहरुका जिल्ला अधिवेशनहरु सम्पन्न हुने क्रममा रहेका छन् ।