कर्णाली प्रदेशमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकता अधिवेशन भव्य रुपमा सम्पन्न (फोटोफिचर)

कर्णाली प्रदेशमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकता अधिवेशन भव्य रुपमा सम्पन्न (फोटोफिचर)

सुर्खेत । पार्टीको घोषित केन्द्रीय कार्यक्रम अनुसार मंगलबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले कर्णाली प्रदेशको एकता अधिवेशन भव्य रुपमा सम्पन्न गरेको छ । पार्टीका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता कञ्चनको प्रमुख आतिथ्यता र पार्टीका अर्का कार्यालय सदस्य राजवीरको विशेष आतिथ्यतामा पार्टीको कर्णाली प्रदेशले आयोजना गरेको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।


कार्यक्रमको अध्यक्षता प्रदेशका पार्टी संयोजक पल बहादुर रावतले गर्नुभएको थियो भने सञ्चालन पार्टीका प्रदेश सहसंयोजक दीपकबहादुर शाहीले गर्नुभएको थियो । कार्यक्रममा कार्यालय सदस्य दिपकको समेत महत्वपूर्ण उपस्थिति रहेको थियो ।

कार्यक्रममा पार्टीका प्रदेश सहसंयोजक प्रेम चलाउने ‘अनन्त’ पार्टीका दस्तावेज र केन्द्रीय सर्कुलर प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि कञ्चन, विशेष अतिथि राजवीर, अतिथिहरु कार्यालय सदस्य दिपक, पार्टीका केन्द्रीय सचिवालय सदस्य चक्रपाणि शर्मा लगायतका नेताहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दै नयाँ जनवादी क्रान्ति तथा वैज्ञानिक समाजवादी व्यवस्थाको अपरिहार्यताको विषयमा महत्वपूर्ण प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।


अब बुधबार प्रदेशको बैठक बसी पार्टीको केन्द्रीय सचिवालय बैठकले लिएका विचार, राजनीतिक, संगठन र संघर्षसम्बन्धी योजनाहरु कार्यान्वयनका लागि प्रदेश सदस्यहरुको कार्यविभाजन, जिल्लाका अधिवेशन लगायतका विषयहरु ठोस गरिने सम्बद्ध स्रोतले जानकारी दिएको छ ।