२३ वैशाख काठमान्डौ ।
नेकपा(क्रान्तिकारी माओवाद)ि र नेकपा(बहुमत)को एकता पछि बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल किसान महासघ (क्रान्तिकारी)व्दारा एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेपालमा दलाल पुँजीवादीले आफ्नो अस्तित्व जमाउन श्रमजीवी किसान माथि ज्यादती वढाउँदै लगिरहेको अवस्थामा विचौलिय र दलालको प्रतिनिधित्व गर्ने संसदीय व्यवस्थाको सरकारले तिनैसंग सहकार्य गर्दै नेपाली किसान विरुद्ध काम गर्ने सरकारका विरुद्ध सम्पुर्ण किसान आन्दोलमा उत्रने र मल वीउमा कालो वजारी भएको पाइएमा सडकवाट कारवाही गर्ने भन्दै निम्न वज्ञाप्ति मार्फत जानकारी गराईको छ:

प्रेस विज्ञप्ति
आज नेपाली किसान विभिन्न समस्याले गुर्जीएको अवस्था छ । किसानसग उत्पादन गर्ने जमिन छैन, उत्पादनका लागि आवश्यक कच्चा पर्दाथ मल, वीउ, सिंचाई छैन, उत्पादन गरेको कृषि उपज वस्तुको वजार छैन । यसप्रति यो राज्य किसानको समस्या हल गर्न भन्दा विचौलिया भुमाफिया, दलाल र विदेशी साराज्यको उत्पादन भित्राउन लागि परेको छ । अहिले नेपालमा दलाल पुँजीवादीले आफ्नो अस्तित्व जमाउन श्रमजीवी किसान माथि ज्याजदी वढी रहेको छ । किसानले समयमा मल पाउदैनन् कृषि उत्पादनले वजार सुनिश्तित छैन । विचौलिय र दलाल संसदीय व्यवस्थाको सहकार्यमा विदेशी समान भित्राउने नेपाली कृषकलाई वजार वन्चित गर्ने गरेको छ । नेपाली किसानले उत्पादन गर्न चाहिने कच्चा पर्दाथ राज्यले मल वीउ सिंचाई नहुर्दा नेपाली किसान उपलव्ध नगराउदा लगत मुल्य महंगो पर्न गएको छ । यसमा पनि विश्व खाद्य संघनको सदस्य हुनाले विश्व वजारसग प्रतिस्पदा गर्नु पर्ने अवस्था छ । यसमा नेपाल सरकारको कुनै चासो छैन । उल्टै किसानलाई निरुसायी वनाउने विचौलिया र दलाल पँुजीवादीको जर्गना गर्न यो दलाल संसदीय व्यवास्थाको सञ्चलीत सारकार लागेको पाइएको छ । मल खरिद गर्दा कालोवजारी गरी अरवै घोटला हुर्दा यो राज्य मकदर्श भइ वसेको रहेको छ । भने रासयनिक मल किन्ने कृषि समाग्री कम्पनी लि रासयनिक मल खरिद गर्दा पटक पटक बिभादमा तानिदा पनि राज्य यसमा ग्रह जीम्वरी भई वसेको र सम्वन्धी निकायलाई कारवाहि गर्न छोडेर उल्टै जर्गेना गर्ने लागेको देखिएको छ । यसको मुल समस्य राज्य नै दलालसग मिली रहेको छ भने विदेशी गुलाम वनी नेपाली किसानलाई निरुसायी वनाउन लगेको पाइएको छ । यसप्रति हाम्रो गम्भिर आपति जनाउन चाहन्छौ ।
यसै क्रममा हाल नेपाली किसानले रसायनिक मल प्रर्याप्त नपाएको वेला राज्यले मलमा दिइदै आएको अनुदान कटाउने वा अनुदानमा मल खरिद गर्न आवश्यक रकम प्रयाप्त नदिर्दा नेपालमा मलको कृतिम अभाव गरायर कालो बजारीलाई प्रसय दिने गरेको पाइएको छ । किसानलाई आवश्यक पर्ने रासायनिक मल आवश्यक परेको वेला समयमा उपलव्ध नगराउने वजारमा कृतिम अभाव खडा गरी कालो वजारीवाट मल तितरण गर्ने जस्ता समस्या देखा परेका छन । हिउदे वाली र वर्षे वाली लगाएत अति आवश्यक परेको बेला मल नदिने । यस्तै क्रमा अहिले किसानको मुख्य वर्षे बालीलाई आवश्यक मल र हिउदे वालीका लागि वीउको अभाव भएकाले यसलाई तत्काल उपलव्ध गराउन हामी जोडदार माग गर्दछौ । साथै रासयनिक मल खरिद गर्दा भएको घोटला छनविन गरी कारवही अगडी वढाउन र समयमा किसानलाई मल आपुर्ति गर्न रासयनिक मल काखाना नेपालमा नै स्थापना गर्न वाहिरवाट मल खरिद गर्दा खुल्ला प्रतिशपदामा गरिएको अवेदन (ग्लोवल टेन्डर ) खारेज गरी सरकार सरकार (जी टु जी ) माध्यवाट मात्र मल खरिद गर्न आवान गर्दछौ । किसानलाई तत्काल मलवीउ उपलव्ध गर्न आवान गर्दछौ । अन्यथा मल वीउ समयमा उवलव्ध नगरे सम्पुर्ण किसान आन्दोलमा उत्रने र मल वीउमा कालो वजारी भएको पाइएमा सडकवाट कारवाही गर्न यसै विज्ञाप्ति माफत जानकारी गराईको छ । यसको जिम्मेवारी सम्वन्धी निकाय हुने छ ।
क्रान्तिकारी अभिवादन
हरिश्रेष्ठ सीताराम तामांग
अध्यक्ष
अखिल नेपाल किसान महासघ (क्रान्तिकारी)































