३४अाैं जनअान्दाेलन दिवस दाङमा सम्पन्न

३४अाैं जनअान्दाेलन दिवस दाङमा सम्पन्न

ईश्वरीप्रसाद गैरे/२४ चैत,तुलसीपुर


दाङमा ३४अाैं राष्ट्रिय जनअान्दाेलन दिवस भव्य रुपमा सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माअाेवादी), नेकपा (बहुमत) र नेकपा (मशाल)ले संयुक्तरूपमा २०४६ चैत २४ काे जनअान्दाेलन दिवस मनाएका हुन् ।

तुलसीपुरकाे अरनिको मैदानबाट बाजागाजा सहितको र्यालीले बजार परिक्रमा गरी बसपार्कमा गएर सभामा परिणत भएको थियो । “३४अाैं जनअान्दाेलन दिवस सफल पाराैं, प्रतिकृयावादी दलाल संसदीय व्यवस्था खारेज गराैं, अाकासिँदाे महङ्गी नियन्त्रण गर, राष्ट्रिय स्वाधीनताकाे रक्षा गराैं, नयाँ जनवादी गणतन्त्र स्थापना गराैं,” गगनभेदी नारा लगाउँदै जुलुसले बजार परिक्रमा गरेको थियो ।

उक्त सभालाई नेकपा (क्रान्तिकारी माअाेवादी) का केन्द्रीय सदस्यहरु हिरामणि दु:खी, समीर केसी, नेकपा (मशाल) का केन्द्रीय सदस्य शशिधर भण्डारी, नेकपा (बहुमत)का जिल्ला सदस्य अमर खड्काले सम्वाेधन गरेका थिए । सम्वाेधनका क्रममा वक्ताहरुले पञ्चायतका विरुद्ध २०४६ चैत २४ मा तात्कालिन संयुक्त राष्ट्रिय जनअान्दाेलन संयाेजन समितिकाे नेतृत्वमा राजतन्त्रलाई घुँडा टेकाउन बाध्य पार्ने अान्दोलन गरिएको चर्चा गर्दै बाममाेर्चा र काङ्ग्रेसले जनताको अान्दोलनमाथि धाेका दिएर बहुदलीय व्यस्थामा अान्दोलन तुहाएकाे तथ्य उजागर गरे । उनीहरुले त्यतिबेलाकाे अान्दोलनकाे लक्ष्य अझै पूरा नभएकोले पुनः तेस्रो जनअान्दाेलन गर्नुपर्ने कुरामा जाेड दिए ।

सभाकाे सञ्चालन बहुमतका मनाेजले गरेका थिए भने अध्यक्षता क्रान्तिकारी माअाेवादीका जिल्ला सेक्रेटरी तिलक विकले गरेका थिए । सभालाई मशालका शशिधर बुढाथोकीले गरेका थिए ।