
४ चैत काठमाडौँ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
आईसीसीले पुटिनमाथि युद्ध अपराध गरेको आरोप लगाएको छ । यी अपराधहरूमा युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउने समावेश गरिएको छ ।
रुसले आक्रमणको क्रममा युद्ध अपराधको आरोप अस्वीकार गरेको छ ।
गिरफ्तारी वारेन्टको प्रतिक्रिया दिँदै, रुसी विदेश मन्त्रालयका प्रवक्ताले भने यसको कुनै महत्व नभएको प्रतिक्रिया दिएका छन् ।
प्रवक्ता मारिया जाखारोभाले आफ्नो टेलिग्राम च्यानलमा भनेकी छिन्, ‘अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले हाम्रो देशको लागि कानूनी दृष्टिकोणबाट कुनै अर्थ राख्दैन । बीबीसी