दुईवटा अखिल (क्रान्तिकारी) र अखिल (छैटौं) को संयुक्त प्यानल स्ववियु निर्वाचनको मैदानमा

दुईवटा अखिल (क्रान्तिकारी) र अखिल (छैटौं) को संयुक्त प्यानल स्ववियु निर्वाचनको मैदानमा

१ चैत्र काठमाडौ ।
दुईवटा अखिल (क्रान्तिकारी) र अखिल (छैटौं) गरी तीन विद्यार्थी संगठनहरुले संयुक्त प्यानल बनाई स्ववियु.निर्वाचनको मैदानमा उत्रिएका छन् । तीन संगठनले स्ववियुको मूल नारा तय गरेका छन् —
“श्रम उत्पादनसँग जोड्ने, अनुसन्धानमूलक र वैज्ञानिक शिक्षा हाम्रो अभियान ! वास्तविक विद्यार्थीको सशक्त स्ववियुका लागि अखिल (क्रान्तिकारी) संयुक्त र अखिल ( छैटौं) लाई मतदान !!”
संयुक्त प्यानलका तर्फबाट त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा प्रबल भण्डारी, सानोठीमी शिक्षा क्याम्पसमा सागर कार्की, भक्तपुर बहुमुखी क्याम्पसमा अस्मिता कार्की, काठमाडौँका अस्कल क्याम्पसमा ज्ञानेन्द्र शाह, सरस्वती बहुमुखी क्याम्पसमा सबिता बुढा, ललितकला क्याम्पसमा स्वनाम राई, नेपाल कमर्स क्याम्पसमा कृष्ण खडका, ऐरावती बहुमुखी क्याम्पस दाङमा मनोज थापा, महेन्द्र बहुमुखी क्याम्पस दाङ घोराहीमा सेवक भट्टराई, हरैया बहुमुखी क्याम्पस रुपन्देहीमा माया थापा सभापतिका उम्मेदवार बनेका छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा चैत २७ गते उम्मेदवारी दर्ताको मिति तोकिएको थियो । क्याम्पस प्रशासनको मिलेमतोमा फर्जी भर्ना गरिएको लगायतका विषयलाई लिएर विभिन्न क्याम्पसहरुमा तालाबन्दी , तोडफोड, खुकुरी– चक्कु हानाहानका घटना भएका छन् । कतिपय क्याम्पसहरुमा उम्मेदवारि दर्ता रोकिएका छन् । नेपाल कमर्स क्याम्पसमा फागुन ३० गते मात्र उम्मेदवारी दर्ता सम्पन्न भएको छ । पाटन संयुक्त क्याम्पसमा आज चैत्र १ गते १ बजे देखि ४ बजे सम्मलाई उम्मेदवारी दर्ताको समय तोकिएकोछ । थप बिवाद नबढेमा त्यहाँ उम्मेदवारी दर्ता हुन सक्ने बताइएको छ । काठमाडौँका प्रख्यात क्याम्पसहरु रत्नराज्य, त्रिचन्द्र, ग्रामीण कलेजमा दर्ता अबरुद्ध भएका छन् र निर्वाचनको अनिश्चितता बढेर गएको छ ।