अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पाँचौ राष्ट्रिय सम्मेलन बिराटनगरमा

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पाँचौ राष्ट्रिय सम्मेलन बिराटनगरमा

रवि पाण्डेय
काठमाण्डौ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पाँचौ राष्ट्रिय सम्मेलन बिराटनगरमा हुँदैछ । आज १२ बजे विराटनगरको महेन्द्र चोकमा सम्मेलनको उद्घाटन हुँदैछ ।

सम्मेलनको? उद्घाटन नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेलले गर्दै हुनुहुन्छ । २६ गते (आज) उद्घाटन गरिने र २७ र २८ मा बन्द सत्र गरी सम्मेलनको समापन गरिने महासंघका अध्यक्ष इश्वर तिमिल्सनाले जानकारी दिनुभयो ।


सम्मेलनमा संयुक्त ट्रेड युनियन महासंघका ९ वटा घटक संगठनहरुलाई शुभकामनाका लागि निम्त्याइएको छ । ‘मजदुरहरुको रोजगारी, तलब–वृद्धि, निशुल्क स्वास्थ्य, सुरक्षा र अधिकारको निम्ति संघर्षको आव्हान ! क्रान्तिकारी कार्यदिशाको विकास, जागरण र एकताको निम्ति पाँचौ राष्ट्रिय सम्मेलन !!’ भन्ने मुलनाराका साथ हुने सम्मेलनमा क्रान्तिकारी मजदुर आन्दोलनको आगामी कार्यदिशा तय गर्नका लागि देशैभरका क्रान्तिकारी मजदुरहरु विराटनगरमा केन्द्रीत हुने क्रम जारी छ ।

सम्मेलनमा सातै प्रदेश र जिल्लाहरुबाट १ सय ५० बढी प्रतिनिधि पर्यबेक्षक सहभागी हुने महासंघका महासचिव बसन्त बोगटीले जानकारी बताउनु भयो ।