डा.मथुराप्रसाद श्रेष्ठको निधनप्रति नेपाल राष्ट्रिय प्राध्यापक संगठनद्वारा दु:ख व्यक्त

डा.मथुराप्रसाद श्रेष्ठको निधनप्रति नेपाल राष्ट्रिय प्राध्यापक संगठनद्वारा दु:ख व्यक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्यान संस्थान (आईओएम)का पहिलो प्राध्यापक, सामुदायिक चिकित्साका ज्ञाता तथा पुर्व स्वास्थ्य मन्त्री तथा जुझारु वामपन्थी बुद्धिजीवी प्रा डा मथुराप्रसाद श्रेष्ठको निधनप्रति नेकपा (क्रान्तिकारी माओवादी) निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले दु:ख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीले एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै निरंकुश राजतन्त्र काल, संवैधानिक राजतन्त्र र पछिल्लो संसदीय कालमा समेत संघर्षका विविधि मोर्चामा सँधै सम्झौताहिन संघर्षमा अथकित रुपमा लागिरहने प्रखर बौद्धिक प्रा.डा.मथुराप्रसाद श्रेष्ठको निधनले स्तब्ध एवम् दु:खित तुल्याएको उल्लेख गर्नुभएको छ । वक्तव्यमा आदरणीय प्रा.डा.श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली व्यक्ति गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।

८८ वर्षीय डा श्रेष्ठको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ४ बजेर २० मिनेट जाँदा मृत्यु भएको थियो । डा श्रेष्ठलाई पोष्ट कोभिड समस्या थियो।

उहाँको छातीमा कोभिडपछि भएको समस्याले सताउँदै आइरहेको थियो। डा श्रेष्ठलाई दश दिनअघि अस्पताल भर्ना गरिएको थियो।
उहाँको सोमबारै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।