इङलिस प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बन्दै गएको छ। शनिबार राति भएको खेलमा एष्टोन भिल्लालाई पराजित गर्दै आर्सनल उपाधि पुन: होडमा फर्किएको छ।
एस्टोन भिल्लाको घरेलु मैदानमा भएको खेलमा निर्धारित ९० मिनेटमा बराबरी भएको खेलको निर्णय अतिरिक्त समयबाट लिईएको थियो। निर्धारित समयमा बराबरी भएको खेलको अतिरिक्त समयमा आर्सनलले रोमाञ्चक जित निकालेको हो। एस्टोन भिल्लासँग दुई पटक पछि परेको आर्सनलले रोमाञ्चक जित निकालेको हो।
खेलको पाचौँ मिनेटमा ओली वाट्किन्से गोल गर्दै एस्टोन भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए। १६औँ मिनेटमा आर्सनलका बुकायो साकाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर ३१औँ मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै भिल्लालाई २–१ को अग्रता दिलाए।
पहिलो हाफमा २–१ ले पछि परेको आर्सनलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो। खेलको ६१ औं मिनेटमा कप्तान मार्टिन ओडेगार्डको पासमा ओलेक्सन्डर जिन्चेन्कोले गोल गर्दे खेललाई २–२ गोलको बराबरीमा ल्याए।
निर्धारित समयमा बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। इन्ज्युरी समयको तेस्रो मिनेटमा एमिलियानो मार्टिनेजले आत्मघाती गोल गरेपछि आर्सनलले खेलमा ३–२ को अग्रता लिन सफल भयो।
इन्ज्युरी समयको आठौँ मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई ४–२ को रोमाञ्चक जित दिलाए। जितसँगै २३ खेलबाट ५४ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ।
गएराति नै भएको अर्को खेलमा लिभरपुलले न्यु क्यासललाई २–० ले, वर्नमाउथले वुल्भ्स र फुल्हामले ब्राइटोनलाई १–० ले ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेस तथा म्यानचेष्टर सिटी र नट फरेस्टले १–१ को बराबरी गरे।