दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध जबस र मोर्चा हरुको भेला आज दाङको घोराहीमा सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी)का केस तथा जिल्ला इन्चार्ज समिरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको

सञ्चालन अनेमसंघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य शुसिला आचार्य गर्नुभएको थियो भने अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष ईश्वरी प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।


भेलामा नेकपा (क्रान्तिकारी माओबादी)का केन्द्रीय सल्लाहकार बज्र, थारु मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष रामजि चौधरी, जिल्ला सेक्रेटरी शिशिर, अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य नरेन्द्र बहादुर बञ्जाडे, जनसास्कृंतिक महासंघ केन्द्रीय सदस्य यज्ञ बहादुर बुढाथोकी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय सदस्य मनोज थापा, अखिल क्रान्तिकारी दाङका अध्यक्ष संगम के सी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका प्रदेश उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष र्इश्वरी प्रसाद गैरे र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य नन्दराम रोका अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

भेलाले दलित मुक्ति मोर्चाको संयोजकमा तिलक बिक, क्रान्तिकारी युवा लिगको संयोजकमा मनोज थापा, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको संयोजकमा यज्ञ बहादुर बिक, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को संयोजकमा मन बहादुर वली, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन संयोजकमा ईश्वरी प्रसाद पाण्डे, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को संयोजकमा हेमन्ता घिमिरे, अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयोजकमा सुन्दरलाल चौधरीलाई निर्वाचित गरेको छ ।

भेलालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज समीर केसीले पार्टी र जबस मोर्चाको सम्बन्ध र क्रान्तिकारी पार्टी निर्माण तथा क्रान्तिको प्रक्रियामा जबस मोर्चाको भूमिकाका विषयमा महत्वपूर्ण प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।


उहाँले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको नीति योजनाको व्याख्या गर्दै पार्टीका योजना र कार्यक्रमलाई गाउँ गाउँमा जनताबीचमा लैजान निर्देशन समेत दिनुभयो । त्यसैगरी नेकपा (क्रान्तिकारी माओबादी) सल्लाहकार बज्रले अहिले संसदीय व्यवस्था नराम्ररी नांगिएर गएको र क्रान्तिकारी आन्दोलन उठाउने उपयुक्त बेला भएको भन्दै संगठन र संघर्षलाई एकसाथ अगाडि बढाउनु पर्ने आवश्यकता औल्याउनु भयो ।


थारु मुक्तिमोर्चा का केन्द्रीय अध्यक्ष रामजी चौधरीले क्रान्तिकारी बन्नु भनेको परिवर्तनका लागि अग्रसर रहने र संसदीय ब्यबस्थाको अन्त्यका लागि मोर्चाहरुले जनतालाई आन्दोलित गराउन अग्रगामी भुमिका खेल्नुपर्ने बताउनु भयो ।
यसैगरी अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य नरेन्द्र बहादुर बञ्जाडेले टुटफुटबाट गुज्रिएको इतिहासलाई बदलेर सिङ्गो कम्युनिस्ट आन्दोलन हाँक्न जबस मोर्चाहरुको महत्त्वपूर्ण भुमिका रहने भएकोले सम्पुर्ण जबस मोर्चा एकताबद्ध पारेर अगाडि बढाउनुपर्ने कुरा राख्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर