नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय सल्लाहकार समितिको संयोजक, अखिल नेपाल आदिवासी जनजाती महासंघको केन्द्रीय अध्यक्ष प्रा.डा. ओम गुरुङ्ग (ओम प्रसाद गुरुङ्ग )को ७० वर्षको उमेरमा वि.स २०७९ साल असोज ३१ गते दिनको १.४८ वजे नेपाल क्यानसर अस्पताल हरिसिद्धि ललितपुरमा उपचारको क्रममा निधन भयो । उहाँको करिव १० वर्ष पहिले मृगौला प्रत्यारोपन गरिएको थियो । केही समय पहिले उहाँको गर्धनको वाहिरी भागमा क्यानसर भएको पुष्टि भएको थियो । हाल उहाँले क्यानसर रोगको उपचार गराई रहनु भएको थियो । यसै क्रममा मृगौलाले काम गर्न नसके पछि उहाँको असामयिक निधन भयो ।
का.ओम गुरुङ्ग को जन्म वि.स २००९ साल माघ २७ गतेका दिन बाग्लुङ जिल्ला साविक अम्मरभूमी गा.वि.स वडा न. ६, हाल ताराखोला गाँउपालिका वडा नं १–भुस्कात गाँउमा भएको थियो । उहाँ निधन हुनु भएका बलवहादुर गुरुङ्ग र रत्न कुमारी गरुङ्ग को माहिलो छोरा हुनुहुन्थ्यो । उहाँको एक श्रीमति अमृता गरुङ्ग एक छोरा दिपक गुरुङ्ग दुई छोरीहरु विजया गरुङ्ग (जेठी) र पुष्पा गुरुङ्ग (कान्छी) हुनुहुन्छ । छोरा छोरीहरु सवैको विवाह भैसकेको छ । छोरा तर्फवाट एक नातिनी पनि छिन् । उहाँको एक जना दाजु डम्बर गुरुङ्ग, दुई जना भाईहरु रणवहादुर गुरुङ्ग (साइला) र गंगा प्रसाद गुरुङ्ग (कान्छा) हुनुहुन्छ । त्यस्तै उहाँको एक दिदी तुल कुमारी गरुङ्ग र तीन बहिनीहरु देवी माया गुरुङ्ग (माइली) धना गुरुङ्ग (साइली) र सुक माया गुरुङ्ग (कान्छी) हुनुहुन्छ ।
शिक्षा प्राप्त
का.ओम गुरुङ्गले प्रारम्भिक शिक्षा ५ कक्षा सम्म गाउँमै जनप्रेम प्राथमिक विद्यालय भुस्कात हालको जनप्रेम माध्यमिक विद्यालय भुस्कातमा प्राप्त गर्नु भएको हो । कक्षा ६ देखी ८ सम्म भरत चैतन्य माध्यमिक विद्यालयमा हरिचौर हालको पृथ्वी मा.वि हरि चौरमा अध्ययन गर्नु भयो । कक्षा ९ को अध्ययनमा गल्कोट माध्यमिक विद्यालयमा मझुवा फाटमा गर्नुभयो । राजनीतिक कारणहरुले गर्दा उहाँले त्यस विद्यालयमा पुरै अध्ययन गर्न पाउनु भएन । नौ र दश कक्षाको अध्ययन विद्यामन्दिर माध्यमिक विद्यालय वाग्लुङमा गर्नु भयो । त्यसै विद्यालयबाट उहाँले २०२७ सालमा एस.एल सी उतिर्ण गर्नु भएको थियो । त्यस पछि सन् १९७३ मा महेन्द्र बहुमुखी क्याम्पस वाग्लुङबाट आइ.ए पास गर्नु भयो । बी.ए पास सन् १९७५मा पी.एन क्याम्पस पोखराबाट गर्नु भयो । सन् १९७८ मा एम.ए(इतिहास) त्रिभुवन विश्व विद्यालय कीर्तिपुरवाट गर्नु भयो। त्यस पछि १९८० मा भारतको पुने विश्वविद्यालयबाट मानवशास्त्रमा एम.ए गर्नु भयो। सन १९९२ मा उहाँले संयुक्त राज्य अमेरिकाको कर्नेल विश्व विद्यालय इथाका न्यूयोर्कवाट मानवशास्त्रमा एम.ए र सन् १९९६ मा त्यसै विश्वविद्यालयवाट मानवशास्त्रमै पी.एच.डीको उपाधि प्राप्त गर्नु भएको थियो ।
राजनीतिक जीवन
का. ओम गुरुङ्ग वि.स २०२४÷२५ साल तिर बाट विद्यार्थी काल देखी नै वामपंथी आन्दोलनमा सक्रिय हुनु भएको थियो । २०२५ सालमा उहाँ गल्कोट माद्यमिक विद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सचिवमा चुनावी प्रतिस्प्रधाबाट विजयी हुनु भयो । अगाडी उल्लेख गरिए अनुसार उहाँ जाहाँ अध्ययन गर्न गएता पनि निरन्तर पार्टी सम्पर्कमा रहने काम गर्नुभएको थियो । पार्टीको आन्तरीक जिम्मेवारी लिएर पुरा गर्नुहुन्थ्यो । उहाँ प्रारम्भमा वि.स २०२८ साल देखी ०३१ साल सम्म नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय न्यूकलसको नेतृत्व अन्तरगत रहेर काम गर्नु भयो । वि.स २०४० सम्म नेकपा (चौ.म) को नेतृत्व अन्तरगत रहेर काम गर्नु भयो । वि.स २०४० सालमा पार्टीमा फुट भयो । नेकपा(मसाल) मोहन विक्रम सिंह , मोहन वैध पक्ष र नेकपा (चौ.म) निर्मल लामा पक्ष भयो । त्यस वेला उहाँ मसाल पक्षमा नै रहनु भयो । वि.स २०४२ सालमा नेकपा (मसाल)मा पुन फुट भएर मोहन विक्रम पक्ष र मोहन वैध पक्ष भयो । त्यो बेला उहाँ मोहन विक्रम पक्षमा रहनु भयो । वि.स २०५९ सालमा नेकपा (मसाल) र नेकपा (एकताकेन्द्र) एकीकृत भएर नेकपा (एकता केन्द्र मसाल) वन्यो । तर यो पार्टी २०६३ सालमा तीन समुहमा विभाजीत भयो । त्यति वेला उहाँ मोहन विक्रम सिंहले नेतृत्व गरेको समुह र नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको दुवै समुह पट्टी लाग्नु भएन । नेकपा (एकीकृत) निमार्ण गर्ने कार्यमा उहाँले महत्वपूर्ण भमिका खेल्नुभयो । त्यस पछि नेकपा (एकीकृत) र नेकपा माओवादीलाई एकीकरण गरी नेकपा (क्रान्तिकारी माओवादी) निर्माण गर्ने काममा पनि उहाँको महत्वपूर्ण देन छ । पछिल्लो चरणमा उहाँ नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्व अन्तरगत रहेर कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । पार्टीको वुद्धिजीवि संगठन,अन्तराष्ट्रिय विभाग तथा अन्य विभिन्न विभाग तथा आयोगहरुमा रहेर पार्टी र क्रान्तिको पक्षमा निरन्तर क्रियाशिल रहनु भयो । पार्टीका दस्तावेजहरु अंग्रेजीमा उल्थागर्ने लगायत थुप्रै कामहरु उहाँ बाट हुन्थ्यो । पार्टी सदस्य रहेर वौधिक क्षेत्रबाट सहयो गर्दा पार्टीलाई वढी फाइदा हुन्छ भन्ने उहाँको धारणा थियो । पार्टी केन्द्रीय समितिमा आउने भन्दा पनि सल्लाहकारमा रहेर पार्टीलाई बढी योगदान दिन सक्छु भन्ने उहाँलाई लागेको थियो । त्यसै अनुसार उहाँलाई सल्लाहाकार समितिको संयोजक वनाइएको थियो । आदिवासी जनजातीहरुको मुक्तिको लागी उहाँको ठूलो योगदान भएको र त्यस विषयमा जिज्ञनै भएको हुनाले उहाँलाई पार्टीले आदिवासी जनजाती आन्दोलनको नेतृत्व गर्ने जिम्मेवारी पनि दिएको हो । त्यसकारण उहाँ अखिल नेपाल आदिवासी जनजाती महासंघको अध्यक्ष हुनु हुन्थ्यो । उहाँ प्रध्यापक हुँदा जनजाती महासंघको महासचिव हुदा र सरकारको विभिन्न आयोगमा रहदा पनि उहाँ पार्टी नीति अनुसार सम्बन्धित ठाउँमा विषयहरु लैजान प्रयत्नशिल रहनु हुन्थ्यो ।
आदिवासी जनजाती मुक्तिको आन्दोलनमा योगदान
का.ओम गुरुङ्ग वि.स २०४५ साल देखी अखिल नेपाल जनजाती सम्मेलनको केन्द्रीय सल्लाहाकार हुनुभयो । उहाँ वि.स २०५८ देखी २०६१ सम्म(२००१–२००४) नेपाल आदिवासी जनजाती महासंघको सहासचिव पदमा रहेर काम गर्नु भयो । यो अवधि भनेको राजतन्त्रको अन्त र गणतन्त्रको स्थापना गर्न र समावेसी र समानुपातिक प्रतिनिधित्वको लागी भिषण संघर्ष चलेको समय हो । त्यती वेला गणतन्त्रको पक्षमा र आदिवासी जनजातीहरुको हक अधिकार प्राप्तीको लागी गरिएको संघर्षमा उहाँले महत्वपूर्ण भुमिका निर्वाह गर्नुभयो । नेपालमा राजतन्त्र र केन्द्रीकृत सामन्ती एकात्मक राज्य व्यवस्थालाई हटाएर लोकतान्त्रिक संघिय गणतन्त्र नेपाल निर्माण गर्ने अभियानमा महाँसघको तर्फवाट उहाँले महत्वपूण भुमिका खेल्नुभयो । तर राज्यले जुन प्रकारको संघिय संरचना ल्यायो त्यसमा उहाँको असमति रहयो । सामाथ्र्य र पहिचानको आधारमा संघिय संरचना बन्नु पर्छ भन्ने उहाँको धारण थियो । त्यसैले उत्पिडन र पछाडि पारिएका आदिवासी जनजातीहरुलाई हित गर्ने प्रकारको संघिय संरचना प्राप्त गर्नका लागी आन्दोलन गर्नुपर्ने उहाँको जोर्ड थियो ।
उहाँ वेलायति साम्राज्यवादद्वारा उत्पिडित गोर्खा आर्मीहरुको हक अधिकारको लागी संघर्ष गर्ने संगठन न्ब्भ्क्इ लाई त्यस संगठनको प्रमुख सल्लाहाकार भएर सहयोग गर्नु भएको थियो । हाल ब्रितिस गोर्खा भूतपूर्व सैनिक संगठन ९द्यन्ब्भ्क्इ० को प्रमुख सल्लाहाकारको भुमिका निर्वाह गरिरहनुभएको थियो ।
शैक्षिक क्षेत्रमा योगदान
उहाँले सबै भन्दा पहिले सन् १९७३ मा महेन्द्र बहुमुखी क्याम्पस बाग्लुङमा प्रध्यापन गर्नु भयो । त्यस पछि सन् १९८० देखी सन् २०१५ सम्म ३६ वर्ष त्रिभुवन विश्वविद्यालय कीर्तिपुर प्रध्यापन गर्नुभयो । यो अवधिमा उहाँ त्रिभुवन विश्वविद्यालयको केन्द्रीय समाजशास्त्र÷मानवशस्त्र विभागको संस्थापक सदस्य हुनुको साथै १२ वर्ष त्यस विभागको प्रमुख भएर शिक्षा क्षेत्रमा योगदान पु¥याउनुभएको थियो । शिक्षा क्षेत्रमा योगदान दिए बापत उहाँले थुप्रै विभूषण र उपाधीहरु प्राप्त गर्नुभएको छ ।
उहाँबाट लिनुपर्ने शिक्षा
का. ओम गुरुङ्ग बाट लिनु पर्ने मुख्य शिक्षा भनुको व्यक्तिगत पद प्रतिस्था र सुविदालाई तिलाञ्जली दिएर उत्पिडनमा परेका सर्मिक वर्ग आदिवासी जनजातीहरुको मुक्तिको पक्षमा सतिसाल झै उभिन सक्नु हो । ठूला भनिने पार्टीहरुले विभिन्न प्रलोभन देखाएर उहाँलाई आफ्नो पार्टीमा प्रवेश गर्न अनुरोध गरेका थिए । उहाँले चाहेको भए, उहाँलाई लाभको पदमा थुप्रै अवसरहरु प्राप्त हुने थियो । तर उहाँले आफ्नो व्यक्तिगत तथा पारिवारिक हित भन्दा श्रमिक वर्ग तथा जनसमुदायको हितलाई माथी रााखेर पार्टीको नीतिमा अडिक रहनु भयो । हामी क्रान्तिकारीहरुले उहाँको यस प्रकारको ढृढ अडानलाई आत्मसात गर्रौ । लाल सलाम कामरेड ओम गुरुङ ।