क्रान्तिकारी युवा लिग (RYL)को केन्द्रीय सचिवालयको बिस्तारित बैठक सम्पन्न

क्रान्तिकारी युवा लिग (RYL)को केन्द्रीय सचिवालयको बिस्तारित बैठक सम्पन्न

भदौ २७ तनहु ।

नेकपा(क्रान्तिकारी माओवादी)का क्रान्तिकारी युवाहरुको संगठन—क्रान्तिकारी युवा लिग (च्थ्ी)को केन्द्रीय सचिवालयको बिस्तारित बैठक यही भाद्र २६देखि २७ सम्म सङ्गठनका अध्यक्ष केशब ढलकोटीको अध्यक्षतामा बस्यो । उक्त बैठकका प्रमुख अतिथि नेकपा(क्रान्तिकारी माओवादी)का पिबिएम तथा युवा लिगका इन्चार्ज अटल हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा नेकपा(क्रान्तिकारी माओवादी) पार्टी का पिबिएम साथ ४ न. प्रदेश इन्चार्ज अनुकुल,पार्टी सिसिएम तथा ४ नं. प्रदेश समिती सदस्य नारायण हुनुहुन्थ्यो । बैठकमा क्रान्तिकारी युवा लिग (च्थ्ी)का केन्द्रीय महासचिव ज्ञान,ु सङठन केन्द्रिय सचीव तिलक अधिकारी कोषाध्यक्ष बिकल्प लगायत को उपस्तिथि रहेको थियो ।
बैठकको मूल एजेण्डा नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय समितिले मंसीर ४ गते सरकारले गर्ने संघीय र प्रदेश दुबै निर्वाचनलाई सक्रिय बहिष्कार गर्ने निर्णलाई आम युवाहरुहरको बीचमा सशक्त ढंगले अगाडि बढाउने भन्ने थियो । उक्त निर्णयलाई एकमत ले पारित गरेको छ । बहिस्कार आन्दोलन विशेष केन्द्रीकृत ढंगले अगाडी बढाउने निर्णय बैढकमा भएको छ् ।
साथै बैठकमा क्रान्तिकारी युवाको दायित्व र आगामी कार्यभारको बारेमा बहिष्कारलाई विशेष आन्दोलनको रुपमा कसरी अगाडि बढाउने बारेमा प्रमुख अतिथि अट्लद्वारा प्रकाश पारिएको थियो । साथै अर्का वक्ता अनुकुलबाट अहिलेको परिस्थिति अनुसार आफुलाइ कसरी प्रस्तुत गर्ने बारेमा आफना भनाइ राख्नु भएको थियो ।


बैठकमा उपस्तिथि सबै प्रतिनिधिहरुबाट आ—आफ्नो कार्यक्षेत्र र जिम्मेवारीको रिपोर्टिङ राख्ने काम भएको थियो । महान सहिदहरु प्रती एक मिनेट श्रद्धाञ्जली अर्पण गर्दै सुरु भएको बैठक केही महत्वपूर्ण अन्य निर्णयहर गर्दै समापन गरिएको थियो । बैठकको अन्त्यमा पार्टी ले लिएको बहिष्कार आन्दोलन सशक्त र सकृय रुपमा युवाहरुले सफल पार्ने प्रतिबद्धता ब्यक्त गरि एको थियो ।