काठमाडौं । किसान-मजदुर संघर्ष समितिले बिहीबार माइतीघरदेखि बालुवाटारसम्म किसान मजदुर मार्च गरेको छ।

समितिले मिटर ब्याज तथा ठगीविरूद्ध बिहीबार दिउँसो दुई बजे माइतीघरदेखि बालुवाटारसम्म किसान मजदुर मार्च गरेको हो।
मार्चमा सहभागीहरूमध्ये एक जनाले काँधमा हलो नै बोकेका थिए भने अरूले विभिन्न नारा र माग लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए। 
मार्चमा विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडित किसानसँगै नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेकि महासंघ (क्रान्तिकारी)का अध्यक्ष सिताराम तामाङ सहित नागरिक आन्दोलनका नेता खगेन्द्र संग्राैलालगायत अगुवाहरू पनि सहभागी थिए। पीडितहरूले मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्ने, सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्नेलगायतका मागहरू सरकारसँग राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर