देशभक्त जनगणतान्त्रिक मोर्चाकाे आव्हान : आसन्न संसदीय निर्वाचनलाई सक्रिय बहिष्कार गरौं !

देशभक्त जनगणतान्त्रिक मोर्चाकाे आव्हान : आसन्न संसदीय निर्वाचनलाई सक्रिय बहिष्कार गरौं !

काठमाडौं । देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले साेमबार एक प्रेस वक्तव्य जारी गर्दै आसन्न संसदीय निर्वाचन बहिस्कार गर्न आव्हान गर्नु भएकाे छ ।
नयाँ संविधान बनिसकेपछि गठन भएका विगतका संसदहरुले नेपाली जनताका अपेक्षाविपरीत राष्ट्रघात र जनघातका काममा संलग्न भएको जगजाहेर नै रहेकाे उल्लेख गर्दै आगामी संसदीय निर्वाचनमा भाग लिनुको अर्थ तिनै राष्ट्रघात र जनघातको अनुमोदन गरेको ठहर्ने बताइएकाे छ ।
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबै असफल भइसकेको अवस्थामा यो व्यवस्थाकै विकल्प खोज्ने समय भइसकेकोले आसन्न संसदीय निर्वाचनलाई सक्रिय बहिष्कार गरी
अग्रगामी व्यवस्था एवम् जनगणतन्त्रको स्थापनार्थ सङ्घर्षमा संलग्न हुन सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र क्रान्तिकारीहरुलाई वक्तव्यमार्फत् अध्यक्ष गजुरेलले आह्वान गर्नु भएकाे छ ।