
काठमाडौं । नेपाल अमेरिका र चीनबीचकाे शितयुद्धकाे प्रत्यक्ष मारमा परेकाे छ । र, नेपालमाथी भुराजनीतिक दबाब ह्वात्तै बढेर गएकाे छ । नेपालमा आगामी केही महिनाभित्रै अमेरिका र चीनका शीर्ष अधिकारीहरुकाे नेपालमा भ्रमण हुँदैछ । अमेरिकाले चीनका विरुद्ध नेपाली भूमि प्रयाेग गर्ने सबै किसिमका तयारी गरिरहेकाे छ । चीनले पनि त्यसलाई राेक्ने प्रयासलाई जारी राखेकाे छ । दुवै देशकाे तनावकाे मारमा नेपाल पर्दै जाँदा नेपाल नै रहने हाे कि नरहने हाे भन्ने विश्लेषणहरु समेत हुन थालेका छन् ।
स्राेतका अनुसार अमेरिकाको सेकेण्ड जेन्टलेमन अर्थात उपराष्ट्रपति कमला ह्यारिस(Kamala Harris)सँग जोडिएका पात्र पनि नेपाल आउने कूटनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।
ह्यारिसका श्रीमान गत फेब्रुुअरीमा आउने चर्चा थियो । अब आउँदो सेप्टेम्बरमा आउने चर्चा कूटनीतिक वृत्तमा भइरहेको छ । ह्यारिसका श्रीमान नेपाल आउनुको कारण उपराष्ट्रपति कमला ह्यारिसको भ्रमणको वातावरण बनाउनुसँग जोडिएको स्राेतकाे दाबी छ । अमेरिकानिकट स्रोतहरुका अनुसार आउँदो डिसेम्बरसम्म उपराष्ट्रपति कमला ह्यारिस नेपाल आउने सक्ने बताइएको छ । नेपालमा काम गरिरहेको अमेरिकी सहयोग नियोग युएसएडको ग्लोबल डाईरेक्टर ग्लोबल डाईरेक्टर सामन्था पावर पनि नेपाल भ्रमण आउने कुरा रहेको छ । त्यसो त, नेपालको युएसएडको प्रमुख पनि फेरिएको छ । केही महिनापछि नेपालस्थित अमेरिकी राजदूत ¥याण्डी बेरी पनि फिर्ता हुँदैछन् ।
केही सातापछि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शेरवहादुर देउवा जाने योजना रहेको छ । त्यतिबेला अमेरिका पुुग्ने देउवालाई राष्ट्रपति जो बाइडेनसँग भेटाउने अमेरिकी प्रयास रहेको छ ।
यता चिनियाँ विदेशमन्त्री नेपाल आएको चार महिना नबित्दै चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ग अर्को महिना नेपाल आउने भएका छन् । नेपालमा चिनियाँ नेताहरुको सक्रियता बढिरहेका बेला चिनियाँ प्रधानमन्त्री नेपाल आउन लागेको स्रोतको दाबी छ ।
दुई महिनापछि हुने चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले नेतृत्व परिवर्तन गर्दैछ । त्यसअघि बिदाई भेटका रुपमा लि छिमेक भ्रमणमा आउन लागेको अनुमान गरिएको छ ।
भ्रमणका क्रममा उनले नेपालको सपनाका रुपमा रहेको चिनियाँ रेल ल्याउने योजनालाई द्रूतगतिमा अघि बढाउन महत्वपूर्ण घोषणा गर्नसक्ने स्रोतको दाबी छ । अहिलेकाे सत्ता गठबन्धनकाे पछाडी अमेरिका र भारतकाे हात रहेकाे बुझेकाे चीनले वाम गठबन्धनका लागि जाेड दिदै आएकाे छ ।