दाङ। नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)दाङका निवर्तमान सेक्रटरी नरेन्द्र बञ्जाडेको ममतामयी आमा निमादेवी बञ्जाडेको ८९ बर्सको उमेरमा हिजो अपरान्ह २ ः ४० बजे निधन भएको छ । बञ्जाडेको दाङ घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो । उहाँको निधनमा दाङ जिल्ला सेक्रेटरी शिशिरले शोक व्क्तव्य जारी गरेका छन् । वक्तव्यमा उनले आफ्नो पार्टीका निवर्तमान सेक्रेटरी समेत रहेका बञ्जाडेको आमाको निधनले पार्टी गहीरो शोकमा परेको जनाएका छन् ।
यसैगरी वक्तव्य जारी गर्नेमा अखिल नेपाल टे«ड युनियन महासङ्घका केन्द्रीय अध्यक्ष ईश्वर तिमल्सिना पनि रहेका छन् । उनले आफ्नो सङ्गठनका केन्द्रीय सचिवालय सदस्य नरेन्द्र बञ्जाडेको आमाको निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । बञ्जाडे देशभक्त जनगणतान्त्रि माेर्चा, नेपालका दाङ जिल्लाका निवर्तमान अध्यक्ष रहेको जनाउँदै देजमाे दाङका अध्यक्ष ईश्वरीप्रसाद गैरेले वक्तव्य जारी गर्दै मृतक अामा निमादेवीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । अस्पतालमा निधन पश्चात् शवलाई घाेराही -३ गाेग्ली स्थित अाफ्नै निवासमा ल्याइएको थियो । साे अवसरमा नेकपा (क्रान्तिकारी माअाेवादी) दाङले सङ्क्षिप्त श्रद्धाञ्जली सभा गरि अामाप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेको थियो । सभालाई पार्टीका केन्द्रीय सदस्य हिरामणि दुःखीले सम्वाेधन गरेका थिए । अाफ्नाे मन्तव्यका क्रममा दुःखीले बञ्जाडे परिवारले जनयुद्धकालदेखि पार्टी र अान्दोलनमा महत्त्वपूर्ण भुमिका खेलेको चर्चा गर्दै अामाकाे निधनले अाफ्नाे पार्टीले एकजना कुशल र स्नेही अभिभावक गुमाएको बताए ।