
१. मृत्युको उत्सव
मृत्युको उत्सवको
दिन
एक स्मार्टले
पुगेन
दुई स्मार्ट्ले
पुगेन
तीन स्मार्ट
चाहियो
सेतो आकासबाट
सेतो धर्तिमा झरेका
ताराहरु
कुमारित्व प्रमाणपत्रको
कौमार्य गुमाई
सबैले बिर्सिन्छ
सबैले सम्झिन्छ
चरम वस्त्रमा
शोक वस्त्रको
पिठ्युको सपना
दिमागी कल्पना
जति हानथाप गरि
काम कुरो फती गर्न
कहानी बनाउदै
सेती हिउँ ओढाई
जति चिसो बनाउ
उति शीर्षक थपिन्छ
उति नै उत्सव थपिन्छ
कस्तो खेल हो ?
कस्तो मेल हो ?
फेरि जनेको झै
पहिरो फर्के झै
ठुल ठुला उडानहरु
ठुल ठुला निम्तोहरु
पाइको पाकेको काफले
च्याइको रोटि बनाइ
उखुको रस खान
निर्वन्ध धुन सुनाउँछ
निर्वन्ध गित सुनाउँछ
नहिडेको बाटो
नचिनेको मान्छे
प्रलय भित्रको
लाय मिलाउदै
शोकाकुल सात रगमा
छटपाटाउदै
छटपटाउदै
दुखान्त्का भोकले
नया अविष्कारमा
वाफबाट बरफ बनाउन
कृष्णाको मुरली धुन सुन्छ

मनको खेल हो
समयको गति हो
पवित्र उडानमा
नियती उडान गरि
सेतो धर्तिमा अबलम्वनले
सेतो आकासमा तल्काइ रहन
मृत्युको उत्सव मनाउछ
मृत्युको उत्सवको
दिन …….
२. स्मृती दिवस
ओहो
आहा
स्मृती दिवस
वलिदानी दिन
बाछे भेटौला
मरे साचौला
सहकार्य
सहमती
वाचा वन्धन वाढी
आफ्नै देशको
आफ्नै भेषको
विश्व परिचित
वलिदानी दिवस
आहा
मेरो परिवार
ओहो
मेरो पारिवार
छतेरो वारिको पो
मीठो हुने
घटेरो वारिको
कहाँ मीठो हुन्छ
अग्लेस्वर डाडाको
सहिद स्थल
दोरम्वा
गाइजात्रे बजेटले
घरवाली नपाली
मवाली पाल्दै
शान्ती स्थलमा
अशान्ती निम्त्याएको
दिन
गोहिको आँसु
चुहाउने देखि
सहिदको सपना
साकार पार्ने देखि
सहिद वेपत्ता
परिवार सम्म
उठौ,जागौ
ससार बदलौको
नारा साची
वलिदानी दिनमा
स्मृती दिवस मान्यौ……