कम्युनिस्ट पार्टीको केन्द्रिय बिषय बिचार, राजनीति, , संगठन र सघर्ष नै हो । त्यसमा पनि मुख्यत बिचार राजनीति सहि हुनु र न हुनुले समग्र पक्षमा प्रभाव पार्दछ । कम्युनिस्ट पार्टीको बिचार निर्माणमा पार्टी सदस्यहरुको महत्वपूर्ण भुमिका हुन्छ र हुनुपर्दछ । जबसम्म पार्टी सदस्य पार्टीको आम र बिशिस्ट नीति वा कार्यदिशाका बारेमा स्पष्ट हुदैनन तवसम्म क्रान्तिकारी आन्दोलनले गति लिन र जनतालाई गोलबन्द गर्ने कार्य हुन पनि सक्दैन । पार्टीका नेता तथा कार्यकर्ता बैचारिक ,राजनैतिक रूपमा पोख्त नभएसम्म आन्दोलनले अपेक्षित सफलता पनि प्राप्त गर्न सम्भव हुदैन । तसर्थ , पार्टीका आम नेता कार्यकर्ता बिचार राजनीतिले सुसज्जित हुने कुरा प्राथमिक महत्वको बिषय हो ।
आज कम्युनिस्ट आन्दोलनप्रती जनताको अपार समर्थन रहदा रहदै पनि कम्युनिस्ट आन्दोलन कमजोर हुनुमा मुख्यत: बैचारिक अस्पष्टता तथा नीतिलाई भन्दा पद र प्रतिष्ठालाई महत्व दिबे प्रवृत्तिले पनि काम गरेको छ । कम्युनिस्ट पार्टीका लागि निर्णयक पक्ष बिचार हो भन्ने कुरालाई आत्मसात गर्ने कुरा धेरै पछाडी पर्दै गएको छ । विचारमा स्पष्ट रहेका सदस्यहरुको आधारमा पार्टी निर्माण गर्ने बिषयलाई महत्व नदिने हो भने पार्टी क्रान्तिकारी बन्ने र आन्दोलनको नेतृत्व गर्ने कुरा सम्भव हुदैन ।
त्यसैले आजकोे यथार्थतालाई आत्मसात गर्दै समाजका अंतर्विरोधको बस्तुनिष्ट विश्लेषण र त्यसका आधारमा नेतृत्वदायी भुमिका खेल्न सक्ने पार्टी निर्माण आजको केन्द्रिय बिषय हो । कम्युनिस्ट पार्टीका सदस्यहरु साम्यवादी समाजको, चेतनाद्वारा निर्देशीत तथा बिद्यमान समाजका बिकृति, बिसङ्गती र विभेदका विरुद्ध कठोर सघर्ष गर्न तथा ब्यक्तिगत लाभ भन्दा माथी उठ्न तयार हुने अथक यात्रीहरु नै कम्यूनिस्ट आन्दोलनका सदस्य हुन ।
तर, आज कम्युनिस्ट पार्टीका धेरै सदस्यले आफुलाइ साम्यवादी समाजको सदस्यको रुपमा होइन, अहिलेको समाजको घेराबाटा मुल्यांकन गर्ने र त्यसैको आधारमा लाभ प्राप्त गर्न खोज्ने जुन सोचाइ वा चिन्तन छ त्यो कम्युनिस्ट आन्दोलनको लागि घातक प्रवृत्ति हो । कम्युनिस्ट आन्दोलनमा सहभागी सदस्यहरु ब्यक्तिगत लाभ वा आफ्नो प्रतिष्ठाका लागि यदि कम्युनिस्ट आन्दोलनमा जोडिन्छ भने त्यो ब्यक्तीले साचो अर्थमा कम्युनिस्ट आन्दोलनलाई योगदान दिन सक्दैन ।
नेपालको कम्युनिस्ट आन्दोलनमा यतिबेला दक्षिणपन्थी अवसरवादको प्रभाव निकै चुनौतीका रुपमा रहेको छ , यसका विरुद्ध बैचारिक सघर्ष गर्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु अहिलेको समयको माग हो । तर त्यो कार्य त्यति सहज र सजिलो अवश्य छैन । त्यससङ्ग जोडिएका बैचारिक राजनैतिक तथा संगठान्तमक प्रश्नमा गम्भीर बहस छलफलद्वारा निष्कर्षमा पुग्नु पर्दछ । कार्यनैतिक पश्नमा मतभेद हुदा बित्तिकै पार्टी फुटाउने हाम्रो गलत परम्परामा विश्राम अझै लागेको छैन ।
यसरी भन्दा नीतिको अन्तरले भन्दा ब्यक्तिका महत्वाकांक्षाका कारणले पनि पार्टी बन्ने र भत्कने परम्परा हाम्रो आन्दोलनको गम्भीर समस्या बन्दै आएको छ, त्यो प्रश्नलाई पनि समिक्षा गर्नु पर्ने हुन्छ । यी समस्याको पछाडि पनि मुख्यत बैचारिक प्रश्न जोडिएको छ ।त्यो भनेको निम्नपुजीवादी प्रवृत्ति हो ,जसले साम्यवादी चेतनालाई भन्दा ब्यक्तिवादी चिन्तनलाई महत्व दिन्छ । यसप्रकारका प्रवृत्ति विरुद्ध संघर्ष कम र सम्झौता बढी हुने गरेका छन । यो प्रवृत्तिले मुलत: पद प्रतिष्ठालाई महत्व दिन्छ र बिचारमा सौदावाजी गर्दै आएको लामो इतिहास छ । जसले गर्दा नेपालको कम्युनिस्ट आन्दोलन धेरै नै बिभाजित बन्दै आएको छ । यहाँ सम्म कि इतिहासको एउटा कालखण्डमा पार्टीको नेतृत्वमा रहेको मानिस कुनै कारण त्यहाबाट हटेर अरु जिम्मेवारीमा पुग्यो भने आफ्नो अपमान भएको महसुस गर्ने र अर्को समुह निर्माण गर्ने कार्य पनि नेपालको कम्युनिस्ट आन्दोलनमा हुँदै आएको छन । त्यो वास्तवमा सहि तरिका होइन ।
कम्युनिस्ट आन्दोलनमा कैयौ समय योगदान गरेका कार्यकर्ता हरुले त्यो आन्दोलनको दार्शनिक मूल्य मान्यता र आदर्शलाई भन्दा तात्कालिक लाभ र पदको लागि जव मोलतोल गर्न पुग्छ त्यतिबेला कम्युनिस्ट आदर्श र नैतिकता बाकी रहदैन । अहिले नेपालको कम्युनिस्ट आन्दोलनमा मुख्यत उपयोगितावाद हावी हुँदै आएको छ र कम्युनिस्ट मुल्य मान्यता र आदर्शका कोणबाट हेर्दा आन्दोलन धेरै नै कम्जोर अवस्थामा छ । तर, सतही रुपमा हेर्दा कम्युनिस्ट आन्दोलन निकै शक्तिसाली जस्तो नै देखिन्छ । कम्युनिस्ट आन्दोलनका नामधारी बदनाम दक्षिणपन्थीहरुले जे जस्तो भ्रम सिर्जना गरिरहेका छन त्यसका विरुद्ध बैचारिक राजनैतिक भण्डाफोर गर्न नसक्नु पनि अहिलेको गम्भीर चुनौती हो । त्यसका साथै कम्युनिस्ट पार्टीका सदस्यहरुलाई बिचारले सुसूचित गर्न तथा उनिहरुको भुमिका र क्षमतालाई सहि ढङ्गले प्रयोग र बिकास गर्न उपयुक्त वातावरण निर्माण गर्न नसक्नुले पनि आन्दोलनमा गतिरोध उत्पन्न हुँदै आएको छ ।
नेपालको कम्युनिस्ट आन्दोलन राजनैतिक मुद्धा भन्दा माथी बैचारिक र वर्गसंघर्षका आधारभूत बिषयमा त्यति गहन खोज अनुसन्धान र प्रयोगमा अब्यस्त हुन सकेन । यसको अर्थ त्यस दिशामा कामै भएन भन्ने होइन तर त्यसमा जति ध्यान केन्द्रित हुनु पर्ने हो त्यो भएको छैन । जसले गर्दा कम्युनिस्ट आन्दोलनको निर्माण र बिभाजन पनि धेरै सजिलो बिषय जस्तो बन्दै आएको छ । नेपालमा जसरी बिचारलाई प्रयोगद्वारा प्रमाणित गर्नु पर्ने हो त्यसमा त्यति ध्यान गएको छैन । यो पनि हाम्रो आन्दोलनको एउटा महत्वपूर्ण समस्या हुन पुगेको छ । केही उपलब्धि भए त्यसमा कैद हुने र नयाँ र सिर्जनात्मक ढङ्गले अगाडि बढ्ने बिषयमा पनि आन्दोलन निकै पछाडी पर्दै आएको छ । सिर्जनात्मक बिकासका नाममा आधारभुत बिषयबाट पछाडी हट्ने र असफल पुजीवादी ब्यवस्था र त्यसका नीतिमा समाहित हुने र संसोधनवादी दिशामा उभिएर सिर्जनात्मकताको कुरा गरेर आन्दोलनलाई दिग्भ्रमित पार्ने प्रवृत्ति पनि गम्भीर चुनौतीको रुपमा अगाडि आएको छ । यो प्रवृत्तिका विरुद्ध एकातिर बैचारिक राजनैतिक हिसाबले मुकाविला गर्नु पर्दछ भने अर्कोतिर कम्युनिस्ट आन्दोलनका आधारभुत मुल्य मान्यता र आदर्शको रक्षा गर्दै आफ्नो बिशिस्टतामा आन्दोलनको बिकासका लागी खोज अनुसन्धानको आवस्यकता छ । तर, त्यो दिशामा खासै पहल हुन सकेन । जसको परिणाम कम्युनिस्ट आन्दोलन सामान्य राजनैतिक आन्दोलन जस्तै बन्न पुग्यो ।
मलेमावादी विश्व दृष्टिकोणको बिकासमा त्यति ध्यान पुग्न सकेन र एक प्रकारको गतिरोध जस्तै भयो । आजको आवस्यकता त्यो गतिरोधलाई चिर्दै मलेमावादको बिकास गरेर मात्रै समाधान गर्नु पर्ने देखिन्छ । यसको अर्थ मालेमावादको सान्दर्भिकता कम भो भन्ने होइन, थपिएका चुनौतीनुसार त्यसको बिकास खोज पछाडी पर्यो भन्ने नै हो । जसरी लेनिनले माक्र्सवादी सिद्धान्त र बिचारलाई बिकास गरेर क्रान्ति सप्पन्न गर्नुका साथै मुख्यत राज्य सम्बन्धि नयाँ अवधारणा बिकास भयो । त्यस्तै माओले माक्र्सवाद लेनिनवादको रक्षा गर्दै थप नयाँ बिकास गरेकोले नै चिनमा क्रान्ति मात्रै भएन त्यसले नयाँ आयमको बिकास समेत गर्यो । ठिक, आज पनि त्यसप्रकारको मुल्य र मान्यताका आधारमा माक्र्सवाद लेनिनवाद माओवादको आधरमा अहिलेका चुनौतीको सामना गर्न बिचार राजनीति र अर्थतन्त्रका सन्दर्भमा नयाँ खोज र अनुसन्धानको आवस्यकता खड्किरहेको छ । कम्युनिस्ट आन्दोलनमा अहिले कृयाशिला नेता कार्यकर्ताहरुको यो बिषयमा त्यति ध्यायान पुगेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर