माेहन पहाडी र प्रेम बुढाथोकीले भने- ‘हामी क्रान्तिकारी माओवादीमै छाैं’

माेहन पहाडी र प्रेम बुढाथोकीले भने- ‘हामी क्रान्तिकारी माओवादीमै छाैं’

काठमाडाैं। अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका कार्यालय सदस्य माेहनप्रसाद पहाडी र काठमाडौं जिल्लाका पार्टी सदस्य प्रेम बुढाथोकीले आफुहरु क्रान्तिकारी माओवादी पार्टी मै रहेकाे स्पष्ट पारेका छन् । माेहन पहाडीले एक वक्तव्य नै जारी गरेर र प्रेम बुढाथाेकीले आफ्नाे फेसबुक पेजमा लेखेर आफुहरु क्रान्तिकारी माओवादीमै रहेकाे स्पष्ट पारेका हुन् ।
साेमबार मात्र पहाडी र बुढाथोकीकाे समेत नाम जाेडेर सामाजिक सञ्जालमा क्रान्तिकारी माओवादी पार्टीबाट सामुहिक राजिनामा दिएकाे प्रचार गरिएकाे थियाे । उनीहरुले खाली कागतमा हस्ताक्षर गराएर आफ्नाे नामकाे दुरुपयोग गरेकाे र भ्रामक प्रचार गरिएकाे भन्दै खेद व्यक्त समेत गरिएकाे छ । उनीहरुले क्रान्तिकारी माओवादीलाई क्रान्तिकाे सच्चा पहरेदारकाे संज्ञा दिदै पार्टी र क्रान्तिप्रति प्रतिबद्धता व्यक्त गरेका छन् । हिजाे सामुहिक राजीनामाकाे विषय सार्वजनिक भएपछि हिजै वक्तव्य निकालेर पार्टीले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरिएकाे थियाे ।