“स्मृतिमा चन्द्रा थानी” स्मृति ग्रन्थ सार्वजनिक

“स्मृतिमा चन्द्रा थानी” स्मृति ग्रन्थ सार्वजनिक

काठमाडौं । इच्छुक साँस्कृतिक प्रतिष्ठान र चन्द्रा थानी स्मृति प्रतिष्ठानकाे संयुक्त आयाेजनामा “स्मृतिमा चन्द्रा थानी” स्मृति ग्रन्थ सार्वजनिक गरिएकाे छ । इच्छुक स्मृति प्रतिष्ठानकाे सभाहलमा भएकाे कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव माेहन बैध्य किरणले साे स्मृति ग्रन्थ सार्वजनिक गर्नुभएकाे छ ।
क्रान्तिकारी माओवादीका महासचिव किरणकाे प्रमुख आतिथ्यतामा सम्पन्न स्मृति ग्रन्थ सार्वजनिकीकरण समाराेहकाे अध्यक्षता चन्द्रा थानी स्मृति प्रतिष्ठानका अध्यक्ष सिपी शर्माले गर्नु भएकाे थियाे भने सञ्चालन इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले गर्नुभएकाे थियाे ।
कार्यक्रममा कवियत्री गाैरी देवकाेटाले स्वागत मन्तव्य राख्नु भएकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथीसहित देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, मार्क्सवादी साँस्कृतिक माेर्चाका अध्यक्ष स्माली, प्रा.डा.जिवेन्द्रदेव गिरी, अनेमसंघ (क्रान्तिकारी)कि केन्द्रीय अध्यक्ष अम्बिका मुडभरीले कमरेड चन्द्रा थानीकाे व्यक्तित्व र कृतित्व, उहाँले नेपालकाे क्रान्तिकारी कम्युनिस्ट आन्दाेलन तथा प्रगतिवादी साहित्यकाे क्षेत्रमा पुर्याउनु भएकाे याेगदानका बारेमा चर्चा गरिरहनु भएकाे छ । स्मृति ग्रन्थ चार खण्डमा प्रकाशित छ । पहिलाे खण्डमा चन्द्रा थानीकाे जीवनवृत्तलाई समेटिएकाे छ भने समालाेचना खण्डमा १० जना विद्वान समालोचकहरुले उहाँकाे कृतित्वकाे समालाेचना गर्नु भएकाे छ । तेस्राे संस्मरण खण्डमा माेहन वैध्य किरण, सीपी गजुरेल लगायतका व्यक्तित्वहरुले संस्मरण लेख्नु भएकाे छ । चाैथाे तथा अन्तिम खण्डमा चन्द्रा थानीसँग सम्बन्धित तस्बीरहरु प्रकाशित गरिएकाे छ । स्मृति ग्रन्थमा चन्द्रा थानीबारे महासचिव किरणले लेख्नुभएकाे छ, “कमरेड चन्द्रा थानी देश, जनता र क्रान्तिपथ निष्ठावान एक मार्क्सवादी कम्युनिस्ट याेद्धा हुनुहुन्थ्याे । उहाँले क्रान्तिकारी सांस्कृतिक आन्दाेलन र प्रगतिवादी साहित्यकाे क्षेत्रमा पनि महत्वपुर्ण भुमिका गर्नु भएकाे थियाे ।”