एसपीपी सम्झाैताका लागि दबाब दिन डाेनाल्ड लु बिहीबार काठमाडौं आइपुग्दै

एसपीपी सम्झाैताका लागि दबाब दिन डाेनाल्ड लु बिहीबार काठमाडौं आइपुग्दै

काठमाडौं । एमसीसी पास गराउन दबाब दिन यसअघि नेपाल आएका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु फेरि एसपीपी सक्झाैताका लागि दबाब दिन नेपाल भ्रमणमा आउने भएका छन् । उनी भोलि (बिहीबार) काठमाडौं आउन लागेका हुन्। उनी एक दिनका लागि मात्र काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो।
स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को कार्यान्वयनको विषयलाई लिएर राजनीतिक दलहरुबीच विवाद चर्किरहेका बेला हुन लागको उनको भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको छ।

सरकारले एसपीपी रद्द गर्ने निर्णय गर्दै त्यस सम्बन्धमा अमेरिकालाई जानकारी दिन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो। तर हालसम्म परराष्ट्र मन्त्रालयले अमेरिकालाई सोबारे जानकारी गराएको छैन।

बुधबारमात्रै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपी कार्यान्वयन नगर्ने विषयमा अहिलेसम्म अमेरिकालाई पत्राचार नगर्नुको कारणबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको थियो।

पछिल्लो समय सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच एमसीसी र एसपीपीको विषयलाई लिएर रस्सकस्सी चलिरहेको छ। नेकपा (क्रान्तिकारी माओवादी) लगायत ६ वटा कम्युनिस्ट पार्टीहरुले एमसीसी र एसपीपीको विरोधमा सडक संघर्षको घोषणा गरेका छन्।
यसअघि गत १ मंसिरमा नेपाल आएका उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतलाई भेटेर एमसिसी पास गर्न दबाब दिएका थिए ।
अमेरिकी सहायक विदेश मन्त्री लु दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने मन्त्रीसमेत हुन्।