अखिल नेपाल आदिवासी जनजाति महासंघको सचिवालयको विस्तारित बैठक सम्पन्न

अखिल नेपाल आदिवासी जनजाति महासंघको सचिवालयको विस्तारित बैठक सम्पन्न

२० असार काठमान्डौ ।
अखिल नेपाल आदिवासी जनजाति महासंघको सचिवालयको विस्तारित बैठक महासंघका अध्यक्ष प्रा.डा. ओम गुरूङको अध्यक्षतामा मिति २०७९/०३/२० गते महासंघको कार्यालय कुपन्डोलमा सम्पन्न भयो । उक्त बैठकले २८ औ अन्तर्रास्ट्रिय विश्व आदिवासी दिवस आगामी साउन २४ गते काठमाडौँको राष्ट्रिय सभागृहमा विविध साँस्कृतिक कार्यक्रम सहित भव्य रूपमा मनाउने निर्णय गरेकोछ । बैठकले यो वर्षकोे विश्व आदिवासी दिवसको मूल नारा सम्पूर्ण उत्पीडित जाति तथा वर्ग एक होऔ ! आत्मनिर्णयको अधिकार र जातीय क्षेत्रीय स्वशासन सहितको संघीयता स्थापना गरौ !! तय गरेको छ भने विश्व आदिवासी दिवस मनाउन महासंघको अध्यक्ष प्रा.डा. ओम गुरूङको संयोजकत्वमा १०१ सदस्य रहेको मूल आयोजक समिति गठन गरेको छ । त्यस्तै बैठकले महासंघको महासचिब पुर्नाम्गेल मोक्तानको संयोजकत्वमा शिव श्रेष्ठ, श्री कृष्ण सुलु, बालकुमार सुनुवार र पदम लिम्बु सदस्य रहेको प्रचार प्रसार समिति, सुरेश तामाङको संयोजकत्वमा प्रेम तामाङ, उद्धब गुरुङ, सपना राजथला र गंगा राई सदस्य रहेको व्यवस्थापन समिति, सोनाम याङ्कीको संयोजकत्वमा केशु पुन र असल तामाङ सदस्य रहेको साँस्कृतिक समिति तथा महासंघको अध्यक्ष प्रा.डा. ओम गुरूङको संयोजकत्वमा सीताराम तामाङ, भरत बुर्जा, शिव श्रेष्ठ र गोर्की श्रेष्ठ सदस्य रहेको आर्थिक समिति प्रा.डा. ओम गुरूङकै संयोजकत्वमा रामसिंह श्रीस, सीताराम तामाङ, पवनमान श्रेष्ठ र पदम लिम्बु सदस्य रहेको दस्तावेज अभिलेखन तथा प्रकाशन समिति पनि गठन गरेको छ । बैठकले विश्व आदिवासी दिवसको सन्दर्भमा काठमाडौँ लगायत देशको विभिन्न भागहरूमा हालै सम्पन्न नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय बैठकले पारित गरेको ११ स्वायत्त प्रदेश सहितको संघीयता सम्बन्धी प्रस्तावमा बृहत र खुल्ला अन्तरक्रियात्मक कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । कार्यक्रम तालिका अनुसार काठमाडौँमा साउन २१ गते शनिबार पत्रकार सम्मेलन, साउन २४ गते मंगलबार अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको मूल कार्यक्रम र साउन २५ गते बुधबार अन्तरक्रियात्मक कार्यक्रम गरिने छ भने सो अन्तरक्रियात्मक कार्यक्रम प्रदेश नम्बर–१ सुनसरीमा साउन ३१ गते मंगलबार, प्रदेश नम्बर–२ सिराहा/सर्लाहीमा भदौ २ बिहिवार र प्रदेश नम्बर–५ बुटवलमा भदौ ४ गते शनिबार गरिने छ । सोही अवसरमा प्रदेश महासंघहरुको बाँकी रहेका बैठक, भेला, गठन, पुनर्गठन पनि गरिने कार्यक्रम रहेको छ ।