दाङ/ नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी ) ले अाफ्नाे सङ्गठन निर्माणको अभियानलाई जोडका साथ अघि बढाएको छ ।
सो क्रममा ऐराबति आदर्श बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको भेलाद्वारा सामना पुन मगरको अध्यक्ष्ातामा १५ सदस्यीय कमिटी निर्माण गरेको हाे । जसको उपाध्यक्षमा प्रकाश पुन मगर, सचिव प्रकाश जठेश, सहसचिब लक्ष्मी वि. क र कोषाध्यक्ष पुष्पाञ्जली गुप्ता रहेका छन् । सदस्यहरुमा करिस्मा कंवर, मनिषा खड्का, मनिषा थापा, मनिषा सुवेदी, देविसरा एम. सी, बबिता एम. सी, निर्मला कुँवर, समिक्षा पोख्रेल, अनिता पुन मगर, सृजना एम. सी, नारायणी कुमाल, बेलीसरा रखाल मगर, विपना गाहा मगर र संगिता भैसा मगर रहेका छन् ।
साथै उक्त क्रार्यक्रममा माअोवादी केन्द्र निकट अखिल क्रान्तिकारी रुकुम जिल्ला सदस्य लक्ष्मी वि .क. उक्त सङ्गठन छाेडेर नेकपा (क्रान्तिकारी) माअोवादी निकट अखिल क्रान्तिकारीमा प्रवेश गरेकी छन् ।

उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का मुल इकाई सदस्य केशव खनाल र अखिल (क्रान्तिकारी )का केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष मनोज थापाको उपस्थित रहेको थियोे । कार्यक्रमलाई सम्वाेधन गर्दै केन्द्रीय सदस्य थापाले अतिक्रमित नेपाली भुमि फिर्ता, एमसीसी तथा एस पि पि खारेजी, शिक्षा-स्वास्थ्य क्षेत्रका विकृति विसंगती, पेट्रोलियम पदार्थ तथा उपभोग्य वस्तुमा गरिएको महंगी, भ्रष्टाचार लगायतका विषयलाई लिएर संगठन निरन्तर संघर्षकाे मैदानमा रहेकाे चर्चा गर्दै आम सचेत युवा विध्यार्थीहरु अब चुप लागेर बस्न नहुने बताए । केन्द्रीय सदस्य थापाले विद्यालय, क्याम्पसमा हुने भ्रष्टाचार, अनियमितता, ढिला सुस्ती लगायत तमाम बेथितिका विरुद्द संघर्ष गर्नुपर्ने अावश्यकता भएको बताउँदै त्यसका लागि अाफ्नाे सङ्गठन सदैब अग्रमाेर्चामा रहेको बताए ।

नब निर्वाचन अध्यक्ष सामना पुन मगरले प्रतिवद्धता मन्तव्य राख्दै मेरो मान्छे मेरो पार्टी भनेर गलत पार्टी र सङ्गठनमा नलागी सबैले राम्रो लाई जोडदिनु पर्छ म होइन हाम्रो भन्न जानू पर्छ र सबै विकृति विसंगति विरुद्ध सबै विद्यार्थीहरु हातेमालो गरे र अघि पढ्नु पर्ने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर