काठमाडौं । देशमा बढ्दो महंगी र किसानहरुलाई रसायनिक मल उपलब्ध गराउनु पर्ने लगायतका विषयहरुलाई लिएर जिम्मेवार ६ वाम घटकको संयुक्त आयोजनामा २०७९ असार १३ गते काठमाडौं उपत्यकाका विभिन्न पाच स्थानमा विरोध सभा सम्पन्न गरिएको छ । पेट्रोलियम पदार्थको मूल्य ६ महिना अघिको बराबरी हुने गरी कायम गरिनु पर्ने, किसानहरुलाई अविलम्व रासायनिक मल उपलब्ध गराइनु पर्ने, कालोबजारी नियन्त्रण गरिनु पर्ने र जनतालाई सस्तो मुल्यमा खाद्यान्न र अत्यावश्य बस्तुहरु उपलब्ध गराउनु पर्ने लगायतका मागहरु लिएर पाँच राजनैतिक दलले काठमाडौं उपत्यकामा विरोध सभा सम्पन्न गरेका हुन ।

नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समिति, नेपाल कम्युनिस्ट पार्टी, माओवादी कम्युनिस्ट पार्टी, नेपाल र  संयुक्त संयुक्त  क्रान्तिकारी माेर्चा, नेपालकाे संयुक्त आयोजनामा काठमाडौं उपत्यकाका पाँच स्थानमा जनजीविकाका विषयहरुलाई लिएर विरोध सभा सम्पन्न गरिएको हो ।
असार १३ गते दिनको चार बजेदेखि काठमाडौंको भोटाहिटी, कोटेश्वर र नयाँ बसपार्क, ललितपुरको मंगलबजार र भक्तपुरको च्यामसिंह गरी काठमाडौं उपत्यकाका पाँच स्थानमा विरोधसभा सुरु गरिएको थियो ।

नेकपा (क्रान्तिकारी माओवादी) को व्यवस्थापकीय नेतृत्वमा ललितपुरको मंगलबजारमा विरोधसभा सम्पन्न गरिएको थियो । मंगलबजारको विरोधसभालाई नेकपा ( क्रान्तिकारी माओवादी )का नेता पवनमान श्रेष्ठ , नेकपा(मसाल) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि राजमो केन्द्रीय समन्वय समितिका कोषाध्यक्ष ओमबहादुर केसी र नेकपा ( बहुमत ) का नेता केबि मल्लले सम्बोधन गरेका थिए । मंगलबजारको विरोध सभाको संचालन नेकपा ( क्रान्तिकारी माओवादी )का श्याम केसीले गरेका थिए ।

त्यस्तै नेकपा(मसाल) विशेष महाधिवेशन आयोजक समितिको व्यवस्थापकीय नेतृत्वमा काठाडौंको भोटाहिटीमा विरोध सभा सम्पन्न गरिएको थियो ।
भोटाहिटीको विरोध सभालाई नेकपा ( क्रान्तिकारी माओवादी ) कि नेतृ शारदा महत ( कमरेड सरु ), नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि रामबहादुर बुढा र नेकपा ( बहुमत ) का हरि श्रेष्ठले सम्बोधन गरेका थिए ।
यस्तै कोटेश्वरमा सम्पन्न गरिएको विरोध सभाको कार्यक्रमलाई नेकपाका नेता लाेक नारायण सुवेदी, नेकपा (क्रान्तिकारी माओवादी)का नेता पुष्कर श्रेष्ठ, नेकपा(मसाल) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि राजमो केन्द्रीय समन्वय समितिकी उपाध्यक्ष सूर्या थापा र नेकपाका युवा नेता रोहित कोइरालाले सम्बोधन गरेका थिए ।

यसैगरी नेकपा (बहुमत) को व्यवस्थापकीय नेतृत्वमा काठमाडौंको नयाँ बसपार्क चोकमा सम्पन्न विरोधसभालाई नेकपा ( क्रान्तिकारी माओवादी )का नेता हरिकृष्ण गजुरेल र नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि राजमो केन्द्रीय समन्वय समितिका सचिवालय सदस्य नारायण सापकोटाले सम्बोधन गरेका थिए ।

पाँच दलको विरोध सभा भक्तपुर जिल्लाको च्यामासिंहमा समेत सम्पन्न गरिएको छ । च्यामसिंहको विरोधसभाको व्यवस्थापकीय नेतृत्व गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी नेपालले गरेको थियो । विरोधसभालाई सोही पार्टिका नेताहरु पासाङ्ग मोक्तान , नारायण प्रसाद धिमाल र साहस राइले सम्बोधन गरेका थिए ।

बढ्दो महंगी, कालोबजारी, रासायनिक मलको अभाव लगायतका जनजीविकाका विषयहरुलाई लिएर पाँच दलले जनआन्दोलनको उठान गर्नका लागि जनतासँग अपिल गरेका छन् । उनीहरुले ११ असारमा एक संयुक्त प्रेस वक्तव्य नै प्रकाशित गरी १५ असार सम्मका संघर्षका कार्यक्रम सार्वजनिक गरेका थिए । उक्त विज्ञप्तीमा उल्लेख गरिए अनुसार उक्त विषयहरुलाई लिएर पाँच दलको आयोजनामा असार १५ गते काठमाडौंको माइतीघर मण्डलामा बृहत् प्रदर्शन र विरोधसभा हुनेछ । पाँच दलले एक संयुक्त अपिल नै प्रकाशित गरी आन्दोलनमा सहभागी हुन जनतालाई आह्वान समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर