फेरि-
सडक
विराेध
विद्राेह
प्रिय लाग्न थाल्याे मलाई
घृणा
आक्राेश
प्रतिराेध
बाध्यता बन्न थाल्याे मलाई
दमन र प्रतिराेध
विराेध र विद्राेह
घृणा र आक्राेश
फेरि
सुन्दर देखिन थाल्याे सडक
जब
बल्न छाड्छ जनताकाे चुलाे
अनि
यसरी बल्न थाल्छ सडक
किसान हुन् वा मजदुर
गरिब हुन् वा दलित
महिला हुन् वा जनजाति
जब आउँछ स्थिति यस्ताे-
आत्महत्या राेज्ने कि विद्राेह ?
जनताले राेज्छन् विद्राेह
सरकार
सत्ता
व्यवस्था
आफ्नाे नभएपछि
जनताका निम्ति
सबथाेक यही सडक हुन्छ
जब
निस्कन्छन् भाेका नाङ्गा सडकमा
शासकहरुकाे साताे जान्छ मगजमा
दमनले बचाउन सक्दैन जनघाती व्यवस्था
अवस्था बदल्न चाहिन्छ जनताकाे व्यवस्था